भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाई

विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, ५ असार

भक्तपुर नपाको आयोजनामा भक्तपुरबाट सरुवा भई जानुहुने महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सबिन प्रधानको बिदाइ कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।

बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले जनप्रतिनिधि तथा कर्मचारीहरुले जुनसुकै क्षेत्रमा इमानदारीपूर्वक काम गर्नुपर्ने बताउँदै राम्रो काम सँधै स्मरणीय हुने र नराम्रो कामले बदनाम गर्नेतर्फ सजग पारे ।

भक्तपुर नगरपालिकाले प्रहरी प्रशासनसँग आपसी सरसल्लाह र समन्वयमै आफ्ना गतिविधिहरुलाई अगाडि बढाइरहेको स्मरण गर्दै नगर प्रमुख प्रजापतिले सही नेतृत्वले देशलाई सही बाटोमा दोर्‍याउने बताए। कोरोना भाइरस संक्रमणको जोखिम न्युनीकरणमा भक्तपुरको प्रहरी प्रशासनले खेलेको भूमिकाको चर्चा गर्दै प्रमुख प्रजापतिले भक्तपुरमा एकद्धार प्रणालीमार्फत भएको राहत वितरणले समाजलाई फाइदा पुर्‍याएको बतए।

प्रहरी उपरीक्षक सबिन प्रधानले भक्तपुर बस्दाको अनुभव आदानप्रदान गर्दै भक्तपुरलाई आफ्नो कार्य क्षेत्र बनाई काम गर्दा निकै सकारात्मक सहयोग पाएको अनुभूति भएको बताए। काम गर्ने सिलसिलामा देखिएका संस्थागत र राजनैतिक चुनौतीहरु भक्तपुर नपासँगको आपसी समन्वयमा समाधान भएको बताउँदै प्र.उ. प्रधानले लकडाउनको समयमा पनि बिस्केट जात्रा व्यवस्थापन निकै शान्तिपूर्वक भएको र आफ्नो कार्यकालबाट सन्तुष्ट भएको विचार व्यक्त गरे।

बिदाई कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी र भनपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोलेको थियो ।

नगर प्रमुख प्रजापतिले प्रहरी उपरीक्षक प्रधानलाई भक्तपुरको प्रसिद्ध मयुर झ्याल र भादगाउँले टोपी लगाई बिदाइ गरे। प्रहरी उपरीक्षक सबिन प्रधान २०७६ साल जेठ १७ गते महानगरी प्रहरी परिसर भक्तपुरमा सरुवा भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *