१५ प्रतिशत लाभांशसहित भक्तपुर बचतको २९औं वार्षिक साधारणसभा सम्पन्न

न्यूज अपडेट संवाददाता भक्तपुर, १७ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले करसहित १५ प्रतिशत लाभांश पारित गर्दै २९औं वार्षिक साधारणसभा स्थानीय ब्रम्हायणी पीठमा शनिबार सम्पन्न गरेको छ । साधारणसभाको प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार कृष्ण प्रसाद धन्छाले हरेक प्रस्तावहरु साधारणसभाबाट छलफल, संवाद र बहसबाट पारित गर्नु साधारणसभाको महत्व रहेको बताए । सरकारले सबै […]

Continue Reading

विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान

न्यूज अपडेट संवाददाता भक्तपुर, ११ असाेज नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भएको विश्व पर्यटन दिवसको अवसरमा गुन्हीपुन्ही सापारु, २०८३ मा प्रदर्शन गरेका घिन्ताङघिसी र माक प्पाखँ तथा परम्परागत एवं आधुनिक सांस्कृतिक विधाहरुलाई पुरस्कार वितरण, पुुस्तक सार्वजनिकीकरण तथा सा“स्कृतिक गुरुहरु र पर्यटन सम्बद्व संघ संस्था व्यवसायी र […]

Continue Reading

कानुन अध्ययन समाजको भक्तपुर जिल्ला अध्यक्षमा ज्याख्व चयन

न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असोज कानुन अध्ययन समाज नेपालको भक्तपुर जिल्ला अध्यक्षमा गम्भिरमान ज्याख्व सर्वसम्मतिले निर्वाचित भएको छ । उक्त समाजको शुक्रबार सम्पन्न कानुन व्यवसायी भेला तथा पुनर्गठन कार्यक्रममा ज्याख्वको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । कार्यक्रममा समाजका संस्थापक अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले असहाय र गरिबका निम्ति कानुन व्यवसायी […]

Continue Reading

भक्तपुर बचतका संस्थापक र पूर्वपदाधिकारी भेला सम्पन्न

असोज १७ गते ब्रम्हायणी पीठमा २९औं वार्षिक साधारणसभा खाजा खर्च असाेज १६ र १७ गते वितरण गरिने न्यूज अपडेट संवाददाता भक्तपुर, ९ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको यहि असोज १७ गते ब्रम्हायणी पीठमा हुने २९औं वार्षिक साधारणसभाको जानकारी दिन संस्थाका संस्थापक र पूर्वपदाधिकारीहरुको भेला शुक्रबार सम्पन्न भएको छ । उक्त भेला कार्यक्रममा […]

Continue Reading

भक्तपुर बचतले गरे लोपोन्मुख नौ बाजाको लोकार्पण

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ असोज भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सांस्कृतिक उपसमितिको आयोजनामा १० महिने लोपोन्मुख नौ बाजाको प्रशिक्षण बिहिबार लोकार्पण भएको छ । उपत्यकाका नेवारहरुले बजाइने उक्त बाजा मिति २०८२ मंसिर ११ गते सुरु भइ बिहिबार लोकार्पण भएको हो । लोकार्पण तथा प्रमाणपत्र वितरण कार्यक्रमका प्रमुख अतिथि एवम् संस्थाका सल्लाहकार विष्णुगोपाल […]

Continue Reading

वागीश्वरीमा कानुनका विद्यार्थीद्वारा संविधान दिवस मनाइयाे

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ असोज वागीश्वरी माध्यमिक विद्यालय कानून समूह कक्षा ११/१२ को आयोजनामा संविधान दिवसको अवसरमा सोमबार प्रवचन कार्यक्रम भएको छ । कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् वागीश्वरी कलेज व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले जो जुन वर्गको प्रतिनिधित्व गरी आउँछन् तिनैको सेवा र हितमा लाग्ने भएकाले संविधान सभाको सदस्य भई काम गर्दा वहुसंख्यक […]

Continue Reading

प्रधानमन्त्री राहत कोषमा भक्तपुर बचतकाे ५ लाख एक हजार सहयाेग, २९औं साधारणसभा असोज १७ गते ब्रम्हायणीमा

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० भदौ भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक साधारणसभा यहि असोज १७ गते शनिवार ब्रम्हायणी पीठमा हुने भएको छ । उक्त कुरा साधारणसभाको तयारी स्वरुप समिति, उपसमितिहरुलाई जानकारी दिन आयोजित भेला कार्यक्रममा बताइएको हो । उक्त भेलामा संस्थाका अध्यक्ष निर्मल प्रजापतिले विगतमा जस्तै मितव्ययी र व्यवस्थित रुपमा […]

Continue Reading

जनताको हितको निम्ति काम गर्नेबाहेक अरु उद्देश्य राखेर हामीले कहिल्यै राजनीति गरेनौँ : अध्यक्ष रोहित

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० भदाै नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले सङ्कटको बेला विदेशी सरकार र संस्थाहरूसँग सहयोग लिनुभन्दा नेपाली जनतासँग सहयोग लिनु राजनीतिक दृष्टिले सही हुने बताएको छ । कानुन अध्ययन समाज नेपालद्वारा आइतबार आयोजित ‘भदौ ९, २०४५, भक्तपुर काण्ड पञ्चायती राज्यस्तरको षड्यन्त्रविरुद्ध कानुन व्यवसायीको भूमिका विषयक […]

Continue Reading

नयाँ पुस्ता उच्च शिक्षा प्राप्त गरी देश र जनताको निःस्वार्थ सेवामा लाग्नुपर्ने

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ भदाै भक्तपुर नगरपालिका वडा नं. ६ वडा कार्यालयको आयोजनामा एसईई, प्लस टु, स्नातक, स्नातकोत्तर, एमफिल र पीएचडी उत्तीर्ण वडावासीहरूलाई बधाई ज्ञापन एवं प्रशंसापत्र वितरण तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भएकाे छ । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले रसुवाको भोटेकोसी नदीमा आठसय वर्षअघि पनि हिमपहिरो आएको र जनधनको […]

Continue Reading

प्रधानमन्त्री राहत कोषमा भक्तपुर नगरपालिकाको रु. ७५ लाख ७१ हजार आर्थिक सहयोग

न्यूज अपडेट संवाददाता भक्तपुर, २२ भदाै २०८३ भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भक्तपुर नगरपालिका कार्यालय, जनप्रतिनिधि, कर्मचारी र नगरपालिकाद्वारा सञ्चालित ख्वप मावि, ख्वप कलेज, ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप बहुप्राविधिक अध्ययन संस्थान, ख्वप कलेज अफ ल र ख्वप अस्पतालले एक मुस्ट […]

Continue Reading