रातको समयमा काठमाडौं उपत्यका प्रवेशमा रोक

न्यूज अपडेट काठमाडाैं, १६ साउन गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो । उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भए लगतै मन्त्रालयले […]

Continue Reading

बिहीवार थप २७४ जनामा कोरोना पुष्टि

न्यूज अपडेट काठमाडाैं, १६ साउन विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस तिब्र गतिमा फैलिरहेको छ । यस महामारीबाट नेपाल पनि अछुतो रहन सकेको छैन । बिहीवार पछिल्लो २४ घण्टामा नेपाल थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा हाल सम्म संक्रमितको  संख्या १९ हजार ५४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता […]

Continue Reading

कोरोना अपडेट : मृतकको संख्या ६ लाख ७१ हजार, के छ सार्क राष्ट्रको अवस्था?

न्यूज अपडेट काठमाडाैं, १६ साउन विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक करोड ७२ लाख नाघेको छ। शुक्रबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर १ करोड ७२ लाख ३७ हजार ६ सय ४२ जना मानिस संक्रमित भएको तथ्यांक रहेको छ। संक्रमण पुष्टि हुनेको संख्या अमेरिकामा सर्वाधिक रहेको छ। अमेरिकामका संक्रमितको संख्या ४४ […]

Continue Reading

वीरगञ्जका मेयरलाई कोरोना, आइसोलेसनबाट भने – संक्रमणलाई जितेर समाज सेवामा आउनेछु

न्यूज अपडेट काठमाडाैं, १६ साउन वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीलाई कोरोना संक्रमण भएको छ। बिहीबार साँझ फेसबुक पेजमा लामो स्टाटस लेख्दै उनले आफूलाई कोरोना संक्रमण भएको र आफू आइसोलेसनमा रहेको जानकारी गराएका हुन्। उनले नगरवासीलाई सम्बोधन गर्दै आफू उपचार पछि निको भएर पुन समाजसेवामा फर्कने बताएका छन्। ‘तपाईंहरुको सेवामा अनवरत रुपमा लाग्दा लाग्दै म स्वयं […]

Continue Reading

८ डाक्टर र ६ नर्ससहित नारायणी अस्पतालका २८ जनामा कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १६ साउन कोरोना संक्रमितको उपचार गरिरहेको वीरगञ्जस्थित नारायणी अस्पतालका डाक्टर, नर्स, स्वास्थ्यकर्मी सहित कर्मचारी समेत संक्रमित भएका छन्। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार अस्पतालका २८ जनामा कोरोना संक्रमण देखिएको छ। उनका अनुसार ८ जना डाक्टर, ६ जना नर्स, ४ जना पारामेडिक्स, एम्बुलेन्स चालक तथा कर्मचारी गरेर २८ जनामा संक्रमण देखिएको छ। डाक्टरहरुमा […]

Continue Reading

कोरोना संक्रमित जगदम्बा इन्टरप्राइजेजका सिइओको मृत्यु, नेपालमा मृतकको संख्या ५५ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १६ साउन वीरगञ्जमा उपचाररत जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सिइओ)को मृत्यु भएको छ। मुटुका बिरामी समेत  रहेका उनको नारायणी कोभिड अस्थायी अस्पतालको आइसियुमा उपचारका क्रममा मृत्यु भएको हो। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनको गएराती साढे ११ बजे मृत्यु भएको हो। ५६ वर्षीय उनी भारतीय नागिरक हुन्। उनलाई कोरोना […]

Continue Reading

जात्रा मनाउन दुई दिन बिदा !

न्यूज अपडेट काठमाडाैं, १६ साउन कोरोना भाइरसको जोखिम बढिरहेका बेला पाँचखाल नगरपालिकाले जात्रा/पर्व मनाउन दुई दिन बिदा दिएको छ । काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहले भने स्थानीय शक्तिपिठमा जात्रा र मेला नभर्न सार्वजनिक सूचनामार्फत उर्दी नै जारी गरेका छन् । पाँचखाल नगरले नजिकिएको जनैपूर्णिमा तथा गाईजात्राको अवसरमा यही साउन १९ र २० गते सार्वजनिक बिदा दिएको […]

Continue Reading

सुनको भाउ निरन्तर उकालो, तोलाको ९९ हजार तीन सय पुग्यो

न्यूज अपडेट काठमाडाैं, १६ साउन पछिल्लो समय सुनको भाउ निरन्तर उकालो लागि रहेको छ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणका कारण सुनको मूल्य दिनहुँ बढिरहेको छ । कोरोना कारण अन्तराष्ट्रिय बजारमा डलरको भाउ बढेसँगै सुनको मूल्य वृद्धि भएको सुनचाँदी व्यवसायीहरुले बताएका छन् । नेपालमा सुनको मुल्य अहिले सम्मकै धेरै प्रति तोला ९९ हजार […]

Continue Reading

२०७७ साउन १६ गते शुक्रवारकाे राशिफल

न्यूज  अपडेट भक्तपुर, १६ साउन मेष :  ( चू,चे,चो,ला ,लि,लू,ले,लो,अ )  : अनुहारमा शान्ति र मनमा कान्ति छाउने छ । श्भकार्यको चर्चा चल्ने छ । बन्द व्यापार पेशा व्यवसायको क्षेत्रमा उच्चती र प्रगतिको वातावरण बन्ने छ । विशेष यात्राको सम्भवना रहनुका साथै आत्मिय मित्रताको भेट हुने छ । बृष (ऊ,ए,ओ,वा,वी,वू,वे,वो):  अधिकार प्राप्तिको लागि गरिएको प्रतिस्पार्धामा […]

Continue Reading

आफ्नो स्वास्थ्य सुरक्षाबारे आफै सचेत रहन सरकारको आग्रह

न्यूज अपडेट काठमाडौं, १५ साउन विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नघटेको सरकारले स्पष्ट पारेको छ । सरकारका प्रवक्ता एवम अर्थ तथा सुचना सञ्चार मन्त्री डा.युवराज खतिवडाले नागरिकहरु आफ्नो स्वास्थ्य सुरक्षाबारे आफै सचेत रहनुपर्ने बताएका छन्र । नेपाल सरकारको नियमित पत्रकार सम्मेलनमा बोल्दै डा. खतिवडाले सरकारले लकडाउन भन्ने शब्द मात्र हटाएको बताए । उनले […]

Continue Reading