भक्तपुर नपाद्वरा नगरभित्रका विद्यालयहरुको अनुगमन

विशेष समाचार समाचार

भक्तपुर, २६ कार्तिक


भक्तपुर नगरपालिकाले मंगलबार र बुधबार नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरुको आर्थिक वर्ष २०७६/७७ को विद्यालय लेखा प्रणाली व्यवस्थासम्बन्धी अनुगमन गर्यो ।
भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् लेखा समितिका संयोजक हरिप्रसाद बासुकलाको नेतृत्वमा नगर शिक्षा शाखा प्रमुख कृष्णप्रसाद कर्माचार्य र आन्तरिक लेखा परीक्षक विनोद आगन्जा सम्मिलित उक्त अनुगमन टोलीले विद्यालयहरुको लेखा प्रणाली, अनुदान, छात्रवृत्ति, बिल भर्पाई, खरिद प्रक्रिया, प्यान नम्बर आदिबारे अनुगमन गर्यो ।
अनुगमन टोलीले कार्तिक २५ गते बागीश्वरी मावि, पद्म मावि, ज्ञानविजय आ.वि. र सन्तती आ.विलगायतको अनुगमन गर्यो ।
अनुगमनका क्रममा लेखा प्रणाली व्यवस्थापनसम्बन्धी ३ दिनदेखि ७ दिनसम्मको कर्मचारीहरुलाई तालिम आवश्यक भएको, लेखा परीक्षणको लागि समयमै सम्पर्कमा आउन, लेखा प्रणाली दोहोरो लेखा प्रणालीअनुसार राख्नुपर्ने, गोश्वारा भौचर, बैंक नगदी किताब बजेट हिसाब तयार गर्नुपर्नेलगायत सुझावहरु दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *