अमेरिका–इरान तनाव चर्कियो दुवै पक्षबाट आक्रमण जारी

सिन्ह्वा न्यूज एजेन्सी वासिङटन, २९ असार अमेरिकी सेन्ट्रल कमाण्डले आइतबार इरानविरुद्धको सैन्य अभियानको तेस्रो चरण सम्पन्न भएको जनाएको छ । कमाण्डका अनुसार यस चरणमा करिब १४० वटा लक्ष्यमा आक्रमण गरिएको छ । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत सेन्ट्रल कमाण्डले जनाएअनुसार आक्रमणका क्रममा क्षेप्यास्त्र तथा ड्रोन प्रक्षेपणस्थल, गोलाबारुद भण्डारण केन्द्र, सञ्चार उपकरण तथा अन्य सैन्य पूर्वाधारलाई निशाना […]

Continue Reading

चिनियाँ कम्युनिस्ट पार्टीको आत्म–सुधार शासन, अनुशासन र भ्रष्टाचारविरोधी अभियान

चेन यिन एजेन्सी, २७ असार यो वर्ष चिनियाँ कम्युनिस्ट पार्टी (चिकपा) को स्थापनाको १०५ औँ वार्षिकोत्सव हो । विगत शताब्दी र थप अवधिमा चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय मुक्ति हासिल गर्न कठिन सङ्घर्षहरूमार्फत चिनियाँ जनताको नेतृत्व मात्र गरेको छैन, जनवादी गणतन्त्र चीनको स्थापना गरेको छ र देशको दिगो आर्थिक वृद्धि र दीर्घकालीन सामाजिक स्थिरताको दोहोरो चमत्कार […]

Continue Reading

युद्धविराम भङ्ग गर्ने राष्ट्रपति ट्रम्प शान्तिविरोधी

न्यूज अपडेट संवाददाता काठमाडाैं, २७ असार   संसारका राष्ट्र प्रमुखहरूमध्ये सबभन्दा बढी वचन फेर्ने र झूट बोल्नेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प रहेको खबर बेलाबखत सञ्चारमाध्यममा आएकै हो । शक्तिको हुङ्कार गरेर झूटको राजनीति गरेको पछिल्लो उदाहरण ‘इरानसँगको युद्धविराम समाप्त भएको घोषणा’ शीर्षकको समाचारले पुष्टि गर्छ । युद्धविराम भएको महिना दिन नबित्दै युद्धविरामको उल्लङ्घन गर्दै इरानमा […]

Continue Reading

फिफा विश्वकप फुटबल : अर्जेन्टिना र स्विट्जरल्याण्ड क्वार्टरफाइनलमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, २४ असार गएराति र बुधवार विहान भएका खेलबाट अर्जेन्टिना र स्विट्जरल्याण्ड विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेका छन् । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा बुधवार विहान भएको खेलमा कोलम्बियालाई ४-३ ले पराजित गर्दै स्विट्जरल्याण्ड  क्वार्टरफाइनलमा प्रवेश गरेको हो । खेलमा गोलरहित बराबरी भएपछि स्विट्जरल्याण्डले पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै  क्वार्टरफाइनलमा प्रवेश गरेको […]

Continue Reading

हमासद्वारा गाजाबाट २० जीवित बन्धकको रिहाइ

न्यूज अपडेट संवाददाता जेरुसेलम, २८ असाेज(एपी) गाजा पट्टीमा दुई वर्षदेखि जारी विनाशकारी युद्ध अन्त्य गर्ने दिशामा एक ऐतिहासिक कदमस्वरूप हमासले सोमबार सबै २० जना जीवित इजरायली बन्धकलाई रिहा गरेको छ । यो कदम अमेरिकाको पहलमा भएको युद्धविराम सम्झौताअन्तर्गत आएको हो । यसले मध्यपूर्वमा स्थायी शान्तिको सम्भावनामा नयाँ आशा जगाएको छ । सम्झौताअनुसार इजरायलले एक हजार […]

Continue Reading

इजरायली आक्रमणमा रिभोल्युसनरी गार्ड प्रमुख मारिएपछि इरानको ड्रोन हमला

एजेन्सी काठमाडाैं, ३१ जेठ इजरायलले शुक्रबार विहान गरेको हवाई आक्रमणपछि इरानको राजधानी तेहरानमा देखिएको दृश्य । तस्वीर : एएफपी इजरायलले इरानका आणविक प्रशोधन केन्द्रहरूमा गरेको हवाई आक्रमणमा इरानका रिभोल्युशनरी गार्डका प्रमुख हुसेन सलामीका साथै सेना प्रमुख मोहम्मद बाघेरी र पूर्व आणविक ऊर्जा प्रमुख फेरेयदुन अब्बासी मारिएको इरानी सञ्चारमाध्यमले जनाएका छन् । इरानी अधिकारीहरूले हमलामा सलामीको […]

Continue Reading

प्रदर्शनकारीको मृत्युको जाँच गरिरहेका पाकिस्तानी पत्रकार पक्राउ

न्यूज अपडेट संवाददाता इस्लामाबाद, १३ मसिर (एएफपी) जेलमा रहेका पूर्वप्रधानमन्त्री इमरान खानको समर्थनमा भएका प्रदर्शनमा भएको मृत्युको अनुसन्धान गर्ने एक पाकिस्तानी पत्रकारलाई आतङ्ककारी विरोधी कानुनअन्तर्गत पक्राउ गरिएको छ । यस हप्ता व्यापक सुरक्षा कारबाहीमा निष्कासन हुनुअघि सार्वजनिक जमघटमा लगाइएको प्रतिबन्धलाई बेवास्ता गर्दै १० हजारभन्दा बढी पदयात्रा गर्नेहरूले इस्लामाबादमा प्रदर्शन गरेका थिए । सरकारले कम्तीमा पाँच […]

Continue Reading

प्योङयाङमा सैन्य हार्डवेयर प्रदर्शनी तथा रक्षा विकास–२०२४ को उद्घाटन

न्यूज अपडेट संवाददाता प्योङयाङ, ७ मङ्सिर (केसीएनए) कोरियाली मजदुर पार्टीले आफ्नो ऐतिहासिक आठौँ महाधिवेशनमा कोरियाली जनसेना– केपीएलाई बृहत् विकास गर्ने राष्ट्रिय रक्षा विकास रणनीति घोषणा गरेपछि कोरियाली जनसेनालाई सैन्य प्रविधिको हिसाबले बलियो बनाउने उद्देश्यले राष्ट्रिय रक्षा उद्योगमा दोस्रो क्रान्तिको नेतृत्व गरेको छ । कोरियाली जनसेना राष्ट्रिय रक्षा विज्ञान र प्रविधिको उच्च विकास गरी अत्याधुनिक हतियार […]

Continue Reading

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ र इन्डोनेशियाका राष्ट्रपतिबिच भेटवार्ता

न्यूज अपडेट संवाददाता एजेन्सी, २७ कात्तिक नोभेम्बर ९ का दिन दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पेइचिङस्थित जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका इन्डोनेशियाका राष्ट्रपति प्रभोवो सुबियान्टोसँग भेटवार्ता गरेको छ । सी चिनफिङले चीनले इन्डोनेशियाको नयाँ सरकारसँग क्षेत्रीय तथा विश्वव्यापी प्रभाव रहेको भाग्य समुदाय निर्माण गरी आफूलाई बलियो बनाउन, एकताबद्ध र सहकार्य गर्न र […]

Continue Reading

भेनेजुयलाको समाजवादी सहकारी आन्दोलन

क्रिश्चियन स्टालबर्ग एजेन्सी, २२ असाेज (क्रिस्चियन स्टालबर्गले भेनेजुयलाको समाजवादी सहकारी आन्दोलनको बारेमा जान्नको लागि अगस्ट २०२३ मा एउटा प्रतिनिधिमण्डलसहित अमेरिकामा कोड पिङ्क र टास्क फोर्सको साथ भेनेजुयलाको यात्रा गर्नुभयो । प्रतिनिधिमण्डलको एक भागको रूपमा क्रिश्चियनले सहकारीकर्र्मीहरूसँग कुराकानी गर्नुभयो र सँगै बस्नुभयो । उनीहरूको न्यानोपन, आतिथ्य र राम्रो समाज निर्माण गर्न समर्पणको अनुभव गर्नुभयो । यस […]

Continue Reading