‘रोहित’ समूह उन्मूलन गर्न सरकारी षड्यन्त्रमा भक्तपुर काण्ड ?

न्यूज अपडेट संवाददाता भक्तपुर, ८ भदाै षड्यन्त्रको उपलब्ध परिभाषामा भनिएको छ, कुनै कानुनी काम गैरकानुनी तरिकाबाट गर्ने वा गराउन गरिएको मतलाई षड्यन्त्र भनिन्छ । देशमा कति पञ्च र कति बहुदलवादी छन् भन्ने अनुमानलाई जनमतसङ्ग्रहले क्रमशः ५५ प्रतिशत र ४५ प्रतिशत भएको पुष्टि सरकारी पक्षले नै गरिसकेको छ । ४५ प्रतिशतका बहुदलवादीहरू विभिन्न समूहमा विभाजित छन् […]

Continue Reading

‘बजार चलायमान बनाउने’ मौद्रिक नीति तयार, पारित गर्न शुक्रबार बोर्ड बैठक

न्यूज अपडेट संवाददाता काठमाडाैं, ४ साउन अर्थतन्त्रमा सुस्तीको समस्या देखिइरहेको अवस्थामा ‘बजार चलायमान बनाउने’ मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ । आगामी मौद्रिक नीतिको अन्तिम तयारीबारे राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री विष्णु पौडेललाई बिहीबार ब्रिफिङ गरेका छन् । राष्ट्र बैंक व्यवस्थापन समिति बैठकमा मौद्रिक नीतिबारेको छलफल सकिए लगत्तै बिहीबार १ बजे […]

Continue Reading

भनपा ९ मा भ्रष्टाचार विरोधी आन्दोलन दिवस मनाइयाे

न्यूज अपडेट संवाददाता भक्तपुर, ३० असार नेपाल मजदुर किसान पार्टी ९ वडा सूर्यमढी प्रा.स.को आयोजनामा शनिवार भ्रष्टाचार विरोधी आन्दोलन दिवस मनाएको छ । वि.सं. २०२५ श्रावण २ र २०२६ असार १९ गते भक्तपुरमा तत्कालीन नवदुर्गा बहुमुखी सहकारी संस्थाका पदाधिकारीहरुले जनताबाट उठाइएका पैसालाई दुरुपयोग गरी भ्रष्टाचार गरेकालाई जनताले उल्टो टोपी लगाई नगर परिक्रमा गरी कारवाही गरेको […]

Continue Reading

धारा ७६ (२) अनुसार नयाँ सरकार गठनका लागि दाबी पेस गर्न राष्ट्रपतिको आह्वान

न्यूज अपडेट संवाददाता काठमाडाैं, २८ असार राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् । उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् । संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको […]

Continue Reading

संसद सदस्यको काम ठेक्कामा लाग्ने होइन, नीति बनाउने होः विजुक्छेँ

न्यूज अपडेट संवाददाता भक्तपुर, ३ असार संसद सदस्यको काम ठेक्कामा लाग्ने होइन, नीति बनाउने हो । विकास निर्माणमा लागेकै कारण संघीयताको कार्यान्वयनमा समस्या आएको हो । कानुन अध्ययन समाज–नेपालको आयोजनामा सोमबार भएको ‘संघीयता कार्यान्वयनका चुनौती र उपादेयता’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथि एवं नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँले यस्तो बताएको हो । उनले […]

Continue Reading

सूर्यमढीमा वृहत कार्यकर्ता प्रशिक्षण

न्यूज अपडेट संवाददाता भक्तपुर, २८ जेठ नेपाल मजदुर किसान पार्टी, सूर्यमढी प्रारम्भिक समितिको आयोजनामा आइतबार वृहत कार्यकर्ता प्रशिक्षण कार्यक्रम भएको छ । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वागतमी प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले व्यवस्थित संगठन गर्ने प्रक्रियाबारे स्पष्ट पार्दै कार्यकर्ताहरु संशोधनवाद र अवसरवादमा फस्न नहुने बताए । उनले पहिलेभन्दा अहिले सूचना […]

Continue Reading

मन्त्रीहरूकै करोड बढी बचत सहकारीमा

न्यूज अपडेट संवाददाता काठमाडाैं, ९ जेठ बायाँबाट क्रमशः मन्त्रीहरू बलराम अधिकारी, रेखा शर्मा, डोलप्रसाद अर्याल र विराजभक्त श्रेष्ठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वका मन्त्रीहरूले नै सहकारी संस्थामार्फत करोडभन्दा बढी वित्तीय कारोबार गरिरहेका छन् । मंगलबार सार्वजनिक सम्पत्ति विवरणमा सरकारका मन्त्रीहरूले नै सहकारी संस्थामार्फत करोडभन्दा बढी वित्तीय कारोबार गरिरहेको तथ्य बाहिरिएको हो । भूमि व्यवस्था […]

Continue Reading

नेमकिपा ९ वडा पार्टीको प्रथम सम्मेलन सम्पन्न, लवजू निर्विरोध निर्वाचित

न्यूज अपडेट संवाददाता भक्तपुर, ५ जेठ नेपाल मजदुर किसान पार्टी ९ वडा समितिको प्रथम सम्मेलन शनिवार सम्पन्न भएको छ । उक्त सम्मेलनबाट कृष्णभक्त लवजुको अध्यक्षतामा १७ सदस्यीय ९ वडा समिति निर्विरोध निर्वाचित भएको छ । कार्यक्रमको उद्घाटन गर्दै नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वागमति प्रदेश सभाका सदस्य सुरेन्द्रराज गोसाईले नयाँ नेतृत्वले नयाँ पुस्तालाई […]

Continue Reading

इलाम-२ मा ५८ र बझाङमा–१ मा ५० प्रतिशत मतदान

न्यूज अपडेट संवाददाता इलाम, १५ बैशाख इलाम २ को उपचिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । १ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा ५८ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए । उनका अनुसार करिब ६६ हजारले मतदान गरेका छन् । मतगणना शनिबार नै सुरु गर्ने तयारी छ । […]

Continue Reading

 १८ सदस्यीय मन्त्रिपरिषद विस्तार

न्यूज अपडेट संवाददाता काठमाडाैं, २३ फागुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गरेका छन् । बुधबार उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरु समेटेर मन्त्रिपरिषद विस्तार गरेका हुन् । प्रधानमन्त्रीले सोमबार शपथ लिएका ३ जना मन्त्रीको पनि जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार एमालेका ८ जना, माओवादी केन्द्रका ५ जना […]

Continue Reading