भारतले एकाएक रोक्यो काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण वस्तु

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडाैं, ५ असार

भारत सरकारले नेपालको काँकडभिट्टा नाकाबाट निर्यात हुने सम्पूर्ण बस्तुहरुमा एकाएक रोक लगाएको छ ।

पछिल्लो समयमा नेपालमा र भारत बीचसीमा विवाद उत्सर्कमा पुगिरहेको अवस्थामा भारतले नेपालको सामान रोक्नुमा अर्थपूर्ण रुपमा हेरिएको छ ।

कोरोना भाइरसका कारण लकडाउन शुरु भएदेखि नै भारतले औपचारिक रुपमै सामानमा रोक लगाउँदै आएको भएपनि बीचमा सहमति गरी निर्यात हुदै आएको थियो ।

बिहीबार नेपालबाट भारत तथा बंगलादेशका लागि हिँडेका चिया, अलैंची र अम्रीसोका निर्यात रोक्दा ट्रकहरू मेची पुलमा रोकिएका छन्।

करिब २५ वटा ट्रकहरू मेचीको पुलमै रोकिएका भन्सार विभागका महानिर्देशक सुमन दाहालले भने।

निर्यातमा रोक लगाइए पनि आयात भने भइरहेको उनले जानकारी दिए।

लकडाउनपछि पश्चिम बंगाल सरकारले नेपालबाट जाने वस्तुहरूमा रोक लगाएको थियो। लकडाउन अलि खुकुलो भएसँगै अनुमति दिने आशमा गएका ट्रकलाई रोकिएको हो।

निर्यात सहजीकरणको लागि भारतको पश्चिम बंगाल सरकारसँग छलफल भइरहेको दाहालले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *