होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषको कोरोना पोजिटिभ

  न्यूज अपडेट गुल्मी, ६ असार गुल्मीमा होम क्वारेन्टिनमा मृत्यु भएका पुरुषमा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ आएको छ । छत्रकोट गाउँपालिका वडा नम्बर-५ मैनडाँडा निवासी ६९ वर्षीय पुरुषको बिहीबार राति मृत्यु भएको थियो । मृतका पुरुषको स्वाब संकलन गरेर प्रादेशिक प्रयोगशाला रुपन्देहीमा पठाइएको थियो र उनमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय गुल्मीका सूचना […]

Continue Reading

भक्तपुरका सबै संक्रमित महिला कुवेतबाट आएका थिए, खरिपाटीमा बसेका थिए

न्यूज अपडेट भक्तपुर, ६ असार भक्तपुरमा देखिएका सबै संक्रमित महिला कुवेतबाट आएकाे पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नियमित प्रेस ब्रिफिङका क्रममा भक्तपुरमा ७ जनामा संक्रमण पुष्टि भएको बताएको थियो । उनीहरु सबै कुवेतबाट आएर खरिपाटी क्वारेन्टिनमा बसेकाहरु भएको पाइएको छ ।

Continue Reading

भक्तपुरमा ७ महिलामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट भक्तपुर, ६ असार भक्तपुरमा ७ जना महिलामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा पनि एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Continue Reading

गत २४ घण्टामा १ सय ७६ जना डिस्चार्ज, निको हुनेको संख्या १५७८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ६ असार गत २४ घण्टामा १ सय ७६ जना संक्रमित उपचारपछि कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका छन्। १८ महिला र १ सय ५८ पुरुष गरी १ सय ७६ जना निको भइ घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यो सँगै नेपालमा निको हुनेको संख्या १ हजार ५ सय ७८ पुगेको […]

Continue Reading

नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण, ८६०५ पुगे संक्रमित

न्यूज अपडेट काठमाडाैं, ६ असार नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार ३३१ जनामा संक्रमण देखिएको हो। आज थपिएका ३३१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६ सय ५ पुगेको […]

Continue Reading

एनएलजी इन्स्योरेन्सले सरकारलाई बुझायो ६ करोड ५१ लाख कर

न्यूज अपडेट काठमाडाैं, ६ असार एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारलाई रू. ६ करोड ५१ लाख २५ हजार २८१ कर बुझएको छ । इन्स्योरेन्सले स्वेच्छिक रूपमा सरकारलाई भ्याट, अनुमानित करको दोस्रो किस्ता र अग्रिम कर कट्टी बापतको कर बुझाएको हो । कम्पनीले फागुन र चैतको मूल्य अभिवृद्धि कर बापत रू. ३ करोड १९ लाख, अनुमानित करको […]

Continue Reading

जनकपुर–जयनगर रेलमार्ग सञ्चालनको तयारी

न्यूज अपडेट जनकपुरधाम, ६ असार फाइल फोटो बन्दाबन्दीले अन्तिम चौमासिकमा सबै पूर्वाधार निर्माणलाई बाधा पुर्‍याए पनि रेलमार्ग निर्माणको काम लक्ष्यभन्दा बढी सम्पन्न भएको छ । चालू आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ६० किमी रेलमार्ग निर्माण गर्ने लक्ष्य राखेकामा हालसम्म झण्डै ६२ किमी सम्पन्न भइसकेको जानकारी दिएको छ । कुर्था–जयनगर रेलमार्गअन्तर्गत जनकपुर–बिजुरापुरा खण्ड, पूर्व–पश्चिम रेलमार्ग […]

Continue Reading

डडेल्धुरा सदरमुकाम अनिश्चितकालीन सिल

न्यूज अपडेट डडेलधुरा, ६ असार कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि डडेल्धुरा सदरमुकाम अनिश्चित्कालीन सिल गरिएको छ । शुक्रबार दिउँसो ३ बजेदेखि लागू हुने गरी सदरमुकाम सिल गरिएको कोरोना सुरक्षा समिति डडेल्धुराले जनाएको छ । अर्को सूचना जारी नहुञ्जेलसम्म डडेल्धुरा सदरमुकाम सिल रहने जिल्ला प्रहरी कार्यालय डडेल्धुरा प्रमुख दधिराम न्यौपानेले बताए। उनले भने, ‘समितिको निर्णयअनुसार व्यापार […]

Continue Reading

नारायणगढ–मुग्लिन सडकको पहिरो तीन दिन लगाएर पन्छाइयो, दुईतर्फी सवारी सञ्चालन

न्यूज अपडेट चितवन, ६ असार फाइल तस्वीर नारायणगढ–मुग्लिन सडकखण्डको चारकिलोमा खसेको पहिरो तीन दिन लगाएर पन्छाइएको छ । बुधबार बिहान ४ः१५ बजे खसेको पहिरो पूर्णरुपमा पन्छाएसँगै शुक्रबार साँझदेखि दुईतर्फी सवारी सञ्चालनमा आएका छन् । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी ई. शिव खनालका अनुसार केही पहिरो पन्छाउँदै बेलाबेलामा एकतर्फी सवारी आवागमन गरिएको भए पनि पूर्णरुपमा पहिरो […]

Continue Reading

डिल्लीबजार कारागारको पुरानो भवन भत्कियो

न्यूज अपडेट काठमाडाैं, ६ असार राजधानीको डिल्लीबजार कारागारको पुरानो भवन भत्किएको छ । वि.सं. १९६० तिर निर्माण भएको कारागारको भवन २०७२ सालमा गएको भूकम्पले थप क्षतिग्रस्त बनाएको थियो । त्यसयता कारागारको बाहिरी भागमा कैदीबन्दी बस्ने गरेका थिएनन् । त्यही बाहिर पट्टीको भागमा वर्षाका कारण छत खसेको हो । काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले अनलाइनखबरसँग […]

Continue Reading