पाल्पामा बिहेभोज खाएपछि बिरामी: पानीको नमुना जाँच हुँदै

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

पाल्पा, २१ मंसिर

पाल्पामा बिहेभोज खाएर १३८ जना बिरामी भएपछि खाना बनाउन प्रयोग गरिएको पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको छ। यही मंसिर १७ गते छिमेकीको बिहेभोज खाएपछि उनीहरू बिरामी परेका हुन्।

बगनासकाली गाउँपालिकाका–१, चिर्तुङधाराको घोरबन्दा क्षेत्रका झण्डै सय बढी घरपरिवारका मानिसहरु तीन दिनयता बिरामी परेका छन्। उनीहरुमा पेट दुख्ने, वान्ता आउने जस्ता लक्षणहरू देखिएका छ।

उनीहरुको पाल्पा र प्यूठान जिल्ला स्थित स्वास्थ्य कार्यालयबाट उपचारका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरी जिल्ला अस्पतालमा उपचार गरिएको हो।

हाल सात जना अस्पतालमा उपचाररत छन्। अरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उक्त टोलीले प्रभावित क्षेत्रका घरघरमा पुगी पुनर्जलीय झोल  वितरण गर्नुको साथै जनचेतनामुलक कार्यक्रम पनि संचालन गरेको छ।

प्रारम्भिक अनुसन्धान अनुसार सिचाईका लागि प्रयोग हुने पानी खाना बनाउन र अन्य प्रयोजनका लागि प्रयोग गरिएको पाइएकोले पानीको नमुना जाँचको लागि प्रादेशिक प्रयोगशाला, लुम्बिनीमा पठाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *