वागमती प्रदेश प्रमुख देवकोटाले गरे भक्तपुर बचत र भक्तपुर आदर निकेतनको अवलोकन

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट संवाददाता
भक्तपुर, ३० जेठ


वागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले शुक्रबार भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड र भक्तपुर आदर निकेतनको अवलोकन भ्रमण गरेको छ । अवलोकन भ्रमणको क्रममा प्रदेश प्रमुख देवकोटाले एक दुई जनाले सहकारीमा गरेको बदमासीका कारण प्राधिकरणले सबै सहकारीलाई एकै कित्तामा राखेर हेर्नु गलत भएको बताए । सामुदायिक बचत कोष र सहकारी क्षेत्रमा लामो समय लागेका देवकोटा उद्यमशीलता र मानवीय सेवाबाट स्वस्फूर्त रुपमा लागेको उनको भनाइ छ । उनले संस्थाका लागि आपूmले देशको कानुन र संविधानले दिएको अधिकार क्षेत्रभित्र रही साथ र सहयोग दिनसक्ने बताए । उनले कच्चापदार्थलाई प्रशोधन गर्ने कार्यमा लाग्न शेयर सदस्यहरुलाई उत्साहित गर्नुपर्ने बताए । समुदायमा आधारित सहकारीले गरेको कार्यको मनन गर्दै संस्थाको लागि आपूmले गर्न सक्ने सहयोग प्रदान गर्ने उनको भनाइ छ ।


संस्थाका अध्यक्ष निर्मल प्रजापतिले भ्रमण टोलीलाई स्वागत गर्दै संस्थाको विगत र वर्तमान अवस्थाबारे जानकारी गराए । साथै उनले संस्थाबाट दिएका विभिन्न किसिमका सिपमूलक र रोजगारमूलक तालिमहरुबारे स्पष्ट पारे । उनले प्राधिकरणले ल्याएका निर्देशनले सहकारी क्षेत्रलाई स्वनियमन र स्वायतताबाट नियन्त्रणमा ल्याएको बताए । ४ अर्ब ४३ करोडको वासलात रहेको उक्त संस्थामा प्राधिकरणका नीति तथा निर्देशिकाले शेयर सदस्यहरुमा ठूलो प्रभाव पार्ने औंल्याए ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष रुकमणी देवकोटाले संस्थाले गरेको राम्रो कार्यको प्रशंसा गर्दै नयाँ पुस्तालाई संस्थाले आबद्ध गर्दै लगेकोमा खुशी व्यक्त गरे ।


उद्योग तथा वाणिज्य कार्यालय, भक्तपुरका कार्यालय प्रमुख राम प्रसाद कासुलाले उद्योग र व्यवसायलाई सहकारीले प्रबद्र्धन गरिराखेको बताउँदै उनले घरेलु उद्योग र व्यवसायमा आधारित तालिम तथा कार्यक्रम गर्दा समन्वय गर्न चासो व्यक्त गरे । सरकारकै कार्यक्रममा संस्थाले टेवा पु¥याइरहेको बताउँदै उनले कार्यालयबाट विभिन्न खालका उद्यमीहरुलाई अभिमुखीकरण गर्दै आएको स्पष्ट पारे ।


संस्थाका संस्थापक अध्यक्ष सत्यनारायण प्रजापतिले समुदायमा आधारित यो संस्थाले गरेका तालिमहरुले समुदायकै हित हुने भएकाले प्रदेश प्रमुखलगायतबाट सहयोगको अपेक्षा गरे ।


कार्यक्रममा संस्थाका अध्यक्ष प्रजापतिबाट प्रदेश प्रमुखलगायतका भ्रमण टोलीका सदस्यहरुलाई मायाको चिनो वितरण गरेको थियो । उक्त टोलीलाई सञ्चालक समिति, लेखा सुपरीवेक्षण समितिका पदाधिकारीकारी, सल्लाहकार र कर्मचारीहरुले खाडा, भादगाउँले टोपी, फूलको गुच्छा दिई स्वागत गरेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *