अन्तर-कोरियाली सम्बन्धमा टिप्पणी नगर्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट

प्योङयाङ, २९ जेठ

अन्तर-कोरियाली सम्बन्धमा टिप्पणी नगर्न अमेरिकालाई उत्तर कोरियाको चेतावनी

उत्तर कोरियाले अन्तर-कोरियाली सम्बन्धमा टिप्पणी नगर्न अमेरिकालाई चेतावनी दिएको छ । उत्तर कोरियाले बिहीबार यदि अमेरिकी राष्ट्रपतीय निर्वाचन सहज र शान्तिपूर्ण तरिकाले अघि बढोस् भन्‍ने चाहना भए अन्तर-कोरियाली सम्बन्धमा शान्त बस्‍न चेतावनी दिएको सरकारी सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।

यसअघि संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाले दक्षिणसँगका सम्पूर्ण सञ्‍चार सम्पर्क बन्द गरेको आपत्ति जनाएको थियो । उत्तर कोरियाले मंगलबारदेखि दक्षिणसँगका सम्पूर्ण सञ्‍चार सम्पर्क बन्द गर्ने घोषणा गरेको थियो ।

“यदि अरुको मामिलामा अमेरिकाले नाक घुसाएर बोल्न थाल्यो र लापरबाही टिप्पणी गरेमा अमेरिकाको राजनीतिक अवस्था निकै खराब हुनेछ । उत्तर कोरियाले सम्हाल्नै नसक्ने अवस्था सिर्जना गरिदिनेछ,” उत्तर कोरियाको परराष्ट्र मन्त्रालयका अमेरिकी मामिलाका महानिर्देशक कोन जोङ गुनले भनेको उत्तर कोरियाली सरकारी सञ्‍चार एजेन्सी केसीएनएले जनाएको छ ।

“अरुको मामिलामा टिप्पणी गरेमा अमेरिकाको आगामी राष्ट्रपतीय चुनाव नै प्रभावित हुनसक्छ,” कोनले भनेका छन् ।

अमेरिकी राष्ट्रपतीय निर्वाचन प्रभावित गर्नका लागि उत्तर कोरियाले के गर्ने भन्‍ने विषय खुलाइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *