ओमिक्रोनको प्रभावलाई कम आँकिएको भन्दै डब्ल्यूएचओका महानिर्देशकद्वारा चिन्ता व्यक्त

विशेष समाचार समाचार स्वास्थ्य
न्यूज अपडेट संवाददाता

एजेन्सी, २९ मंसिरsharethis sharing button

विश्व स्वास्थ्य संगठन (डब्ल्लूएचओ) ले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन ‍सम्भवत: विश्वका अधिकांश देशमा पहिलानै रहेको र अहिले तिव्रगतिमा फैलिरहेको बताएको छ।  विश्वका ७७ देशमा यो भाइरस पुष्टि भएको डब्लूएचओले जनाएको छ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एडनम गेब्रियेससले यो सायद पहिला नै मानिसमा रहेको तर यसबारे थाहा नभएको हुनसक्ने र अहिले तिव्र गतिमा फैलिरहेको बताएका छन् । उनले ओमिक्रोनको प्रभावलाई कम आकिएको भन्दै चिन्ता व्यक्त गरेका छन्।

‘अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने हामीले यो भाइरसको जोखिमलाई कम वास्ता गरिरहेका छौं। ओमिक्रोनका कारण मानिसहरु गम्भीर रुपमा बिरामी परिरहेका छैनन् तर तिब्र रुपमा फेलिरहेको यो भाइरसले हाम्रो कमजोर स्वास्थ्य प्रणालीलाई प्रभावित गर्न सक्छ’ उनले भने।

ओमिक्रोनको पहिलो लक्षण दक्षिण अफ्रिकामा भेटिएको थियो। ‍र, विश्वभर कयौं देशमा यसको संक्रमण तिव्ररुपमा बढिरहेको छ।

कयौं देशमा ओमिक्रोनका कारण दक्षिण अफ्रिका र यसको छिमेकी देशमा यात्रा प्रतिबन्ध लगाएका छन् तर यतिले विश्वभर भाइरस फैलनबाट रोकिएको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *