पछिल्लो २४ घण्टामा ५८८ संक्रमित थपिए, ४६२० जनाको पिसिआर परीक्षण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, ५ मंसिर

पछिल्लो २४ घण्टामा नेपालमा ५ सय ८८ जना कोरोना संक्रमित थपिएका छन्। यो सँगै कुल संक्रमितको संख्या २ लाख ५३ हजार ७ सय ७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा ४ हजार ६ सय २० जनाको पिसिआर परीक्षण गर्दा ५ सय ८८ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १८ लाख ७० हजार ८ सय ३० पुगेको छ।

आइतबार थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ८८ पुगेको मन्त्रालयले जनाएको छ। हाल ४ सय २१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १ हजार ९७ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ४३ हजार ६ सय ६४ पुगेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *