भक्तपुर बचत असार १ देखि पूर्णरुपमा खुल्ने

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट
भक्तपुर, २९ जेठ


भक्तपुर च्याम्हासिंहस्थित भक्तपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेड लकडाउनका कारण बन्द गरिएका सबै कारोबार यही असार १ गतेदेखि पूर्णरुपमा खुल्ने भएको छ ।
संस्थाका का.मू.व्यवस्थापक सत्यनारायण सायजूद्वारा हस्ताक्षरित सदस्यहरुका लागि निकालेको सूचनाअनुसार उक्त मितिदेखि लागू हुने गरी प्रत्येक दिन विहान ७ बजेदेखि साँझ ५ बजेसम्म सम्पूर्ण कारोबार सेवा सूचारु गर्नेछ । संस्थाको सञ्चालक समितिले आजै निर्णय गरेको उक्त सूचनाअनुसार लकडाउनका कारण कारोबारमा असहज परिस्थिति पैदा भएकाले त्यसलाई दृष्टिगत गरी सदस्यहरुका लागि विभिन्न सेवा सुविधा थप गरिएको जनाएको छ ।
त्यसअनुसार २०७७ असारसम्मको नियमित र बाल बचतमा बिलम्ब शुल्क लाग्ने छेन । त्यस्तै सबै प्रकारका ऋणको ब्याज असार मसान्तभित्र तिरेमा ७ प्रतिशत छूट दिनेछ अन्यथा पहिलेदेखिकै जरीवानासमेत असुल उपर गरिनेछ । सूचनामा कसैले ऋण माग गर्न चाहेमा सोही मितिदेखि लागू हुने गरी अधिकतम २० लाख रुपैयाँसम्म ऋण माग गर्न सकिने उक्त सूचनामा भनिएको छ ।
आज नेपाल सरकारले लकडाउनमा ल्याएको खुकुल्लोपनाका आधारमा विभिन्न वित्तीय संघ संस्थालाई दिएको निर्देशनअनुसार सेवा सूचारु गरिएको स्रोतले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *