भारतमा एकैदिन करिब १२ हजार कोरोना संक्रमित, अहिलेसम्म ९ हजारभन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय विशेष समाचार समाचार

न्यूज अपडेट

नयाँदिल्ली, ३२ जेठ

भारतमा एकैदिन करिब १२ हजार कोरोना संक्रमित, अहिलेसम्म ९ हजारभन्दा बढीको मृत्यु

भारतमा कोरोना भाइरसको महामारीबाट संक्रमितहरुको संख्या आज अहिलेसम्मकै दैनिक उच्च वृद्धि भएको बताइएको छ ।

दैनिक संक्रमितको संख्या अघिल्लो दिनभन्दा बढी देखिएको स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना संक्रमित थपिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । यो तथ्यांक पनि दैनिक संक्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाइ छ ।

भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या तीन लाख २० हजार ९२२ पुगेको छ। त्यसैगरी पछिल्लो २४ घण्टामा ३११ जनाको कोरोना भाइरसबाट संक्रमित भएकै कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या ९ हजार १९५ पुगेको छ ।

देशभरी कुल सङ्क्रमितमध्ये एक लाख ४९ हजार ३४८ जना अझै पनि संक्रमित अवस्थामै रहेका छन् भने अरु एक लाख ६२ हजार ३७९ जना सङ्क्रमण मुक्त भएका छन् । भारतमा पाँच सय रेलवे कोचहरुलाई कोरोना संक्रमितको उपचारका लागि अस्थायी अस्पताल बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *