भक्तपुरमा पहिलोपटक व्यावसायिक कफी खेती

अर्थ/वाणिज्य समाचार

सुलोचना प्रजापती
भक्तपुर, २२ असार


छालिङ्ग कफी उद्यम समूहको आयोजनामा चाँगुनारायण न.पा. वडा नं.५ भक्तपुरमा पहिलोपटक व्यावसायिक कफी खेती गरेको छ । उक्त खेतीको उद्घाटन चाँगुनारायण न.पा.का प्रमुख सोमप्रसाद मिश्रले गरे ।
भक्तपुरमा पहिलो पटक भएको व्यावसायिक कफी खेतीमा यहाँका कृषक उत्साहीत भएका छन् । करिब १५० रोपनी जग्गामा फैलिएको उत्पादन क्षेत्रमा १२० भन्दा वढी किसान व्यावसायिक रूपमा यस क्षेत्र संलग्न भएका छन् । चिया तथा कफी उत्पादन समितिका विशेषज्ञहरूका अनुसार नेपालमा कुनै पनि विषादीको प्रयोजनविना करिब ५०० मेट्रिकटन कफी उत्पादन भइरहेको छ, जबकि नेपालमा करिब ८ हजार मेट्रिकटन कफीको माग रहेको छ । छालिङ्ग कफी उद्यम समू्हका अध्यक्ष जमुना अधिकारीका अनुसार कफी खेतीका कारणले नेपालमा हरियाली छाउनुका साथै यस व्यवसायमा एउटा बोटबाट करिब ३/४ वर्ष पछि थोरैमा रू.१ हजार आम्दानी हुने र ५० वर्षसम्म आम्दानी भइरहने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *