शुक्रबार ३२ जिल्लामा भेटिए कोरोना संक्रमित, कुन जिल्लामा कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, ३१ जेठ

शुक्रबार नेपालमा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ४४८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार शुक्रबार २४ महिला र ४२४ पुरुषमा कोरोना संक्रमण देखिएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २ र झापाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा महोत्तरीका १० जनामा कोरोना संक्रमण देखिएको छ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भरतपुरमा गरिएको परीक्षणमा चितवनका १० जना संक्रमित देखिएका छन् भने पाटन अस्पतालको प्रयोगशालामा धादिङका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिषंठानको प्रयोगशालामा सप्तरीका १७ जना, उदयपुरका ३ जना, सिराहाका ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै, कोशी अस्पतालको प्रयोगशालामा इलामका १, झापाका ६ र सुनसरीका १० जनाको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जानकारी दिएको हो।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पर्वतका १३, स्याङ्जाका २२ जना, नवलपरासी पूर्वका १ जना, तनहुँका १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। यस्तैगरी, भेरी अस्पातलको प्रयोगशालामा बर्दियाका १५ जना र बाँकेका १ जनामा कोरोना संक्रमण भेटिएको छ।

टेकु अस्पतालको प्रयोगशालामा नवलपरासी पूर्वका ४ जना र मोरङका १ जना र धादिङका २७ जनामा कोरोना संक्रमण देखिएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका १४ जना, महोत्तरीका ६ जना, सर्लाहीका ३ जनामा कोरोना देखिएको छ।

प्रवक्ता गौतमका अनुसार धुलिखेल अस्पतालको प्रयोगशालामा कपिलवस्तुका ४ जना र सर्लाहीका ४ जनामा कोरोना भेटिएको छ भने राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा ८ जना संक्रमित पाइएका छन्।

सुर्खेतस्थित प्रयोगशालामा दैलेखका ३८ जना र सुर्खेतका ४५ जना कोरोना संक्रमित भेटिएका छन्।

यसैगरी, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्यूठानका १, रुपन्देहीका १६ र नवलपरासी पश्चिमका २ जना संक्रमित पाइएका छन्।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा टेकुमा बाराका १ जना, धादिङका १ जना, धनुषाका १, नुवाकोटका १ जना, रौतहटका ८६ जना, काठमाडौंका १ जना र सर्लाहीका ५० जना कोरोना संक्रमित पुष्टि भएका छन्। शुक्रबार थपिएकासहित नेपालमा संक्रमितको संख्या ५ हजार ६२ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिए।

प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७२ जिल्लामा संक्रमण देखिएको छ। हालसम्म यसबाट संक्रमित भएर १६ जनाको भने यसबाटै मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *