श्रीलंका टापुमा फसेकाहरुको उद्धार

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट संवाददाता

उदयपुर, १८ साउन

कोशीको श्रीलंका टापुमा फसेकाहरूको उद्धारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली खटिएको छ ।  उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८  बाट सप्बातकाेशी नदी बस्टतीमा पसेपछि दुई हजार घर परिवार विस्थापित भएका छन् । विस्थापितहरूको उद्धारका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरीका छुट्टा छुट्टै ३ वटा टोलीले फरक फरक ठाउँबाट उद्धार गरिरहेको छ ।  रातिदेखि बाढी बस्तीमा पस्न सुरु गरेको थियो । बिहान गाउँमा सामान्य डुबान भएकाले केही स्थानीय बासिन्दाले बस्ती छाड्न चाहेका थिएनन् । तर दिउँसो बस्तीमा बाढी बढ्दै गएकाले अहिले सबै जनाले गाउँ छाड्न चाहेको र उद्धारको पर्खाइमा रहेका धेरै रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *