आगमी वर्ष २६२ आधारभूत अस्पताल निर्माण गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय

राजनीति विशेष समाचार समाचार स्वास्थ्य

नवनियुक्त स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले आगामी वर्ष २६२ वटा आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका छन्।

आइतबार स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री त्रिपाठीले आगामी वर्ष २६२ वटा स्थानीय तहमा ५,१० र १५ शय्याका आधारभूत अस्पताल निर्माण गर्ने निर्णय गरेका हुन्।

यसअघि गत मंसिर १५ गते स्वास्थ्य मन्त्रालयले अस्पताल तथा संस्थासंस्था नभएका ३९६ वटा स्थानीय तहमा एकैसाथ अस्पताल निर्माणको काम सुरु गरेको थियो। त्रिपाठीले दिउँसो २ बजे कार्यभार सम्हालेका थिए। शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीले ८ जना मन्त्री र एक जना राज्यमन्त्री नियुक्त गरेपछि पुराना मन्त्रीहरूको पनि जिम्मेवारी हेरफेर गरिएको थियो।

योसँगै यसअघि सामान्य प्रशासन मन्त्री रहेका त्रिपाठी स्वास्थ्यमा आएका हुन् भने यसअघि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल पर्यटन मन्त्रालयमा गएका छन्।

शुक्रबार नै मन्त्री त्रिपाठीले कार्यभार सम्हाल्ने तयारी गरेका भएपनि सोही दिन मन्त्रिपरिषद्को बैठक बसेकाले अबेर हुनेभन्दै आइतबार मात्र स्वास्थ्यको कार्यभार सम्हाल्ने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *