कोरोनाले मृत्यु भएका स्याङ्जाका व्यक्ति ६ दिनअघि भारतबाट आएका थिए

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २६ जेठ

कोरोनाले मृत्यु भएका स्याङ्जाका व्यक्ति ६ दिनअघि भारतबाट आएका थिए

कोरोनाले मृत्यु भएको स्याङ्जाका ६० वर्षीय पुरुष २१ गते भारतबाट आएको पाइएको छ ।

उनको आज पोखरामा मृत्यु भएको थियो । मृतकको ट्राभल हिस्ट्रीअनुसार उनी २१ गते राति सुनौली नाका हुँदै भित्रिएका थिए । उनी वालिङ नगरपालिकाकै स्थानीय हुन् । भारतको नयाँ दिल्लीमा बस्दै आएका उनी सुनौली नाकाबाट आफैँले नै गाडी रिजर्भ गरेर श्रीमतीसहित वालिङ आइपुगेका थिए ।

उनी पहिलेदेखि नै मिर्गौला, सुगरलगायतका बिरामी थिए ।  गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता तथा निर्देशक डा. विनोद विन्दु शर्माले पोखराको आइसोलेसनमा भर्ना गरिएका स्याङ्जाका ६० वर्षका पुरुषको मृत्यु भएको पुष्टि गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *