मनन गरौं– नर्सहरु हाम्रा भविष्य हुन्

विशेष समाचार समाचार स्वास्थ्य

अन्तर्राष्ट्रिय नर्सिङ दिवस विशेष

सकुन रसाईली
काठमाडाैं, ३० बैशाख

आज मे १२ अर्थात अन्तर्राष्ट्रिय नर्सिङ दिवस हो। ‘लेडी विथ द ल्याम्प’को नामले चिनिएकी आधुनिक नर्सिङ्ग विधाको जन्मदाता फ्लोरेन्स नाइटिंगेलको जन्म दिनलाई नर्सिङ दिवसका रुपमा मनाइन्छ। अन्तर्राष्ट्रिय नर्सिङ परिषद्ले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स दिवसको रूपमा मनाउने घोषणा गरिएको थियो।

प्रत्येक वर्ष  मे १२ का दिन अन्तर्राष्ट्रिय नर्सिङ परिषद आबद्ध नर्सिङ पेशागत संघसंगठनले संसारभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाउने गरेका छन्। फ्लोरेन्स नाइटिङ्गेलको जन्म मे १२, १८२० मा इटालीको फ्लोरेन्समा भएको थियो। युरोपको क्रिमियन युद्धमा घाइते सैनिकहरुको उपचारमा दिनरात खटेर सिपाहीहरुको मृत्युदरमा उल्लेखनीय कमी ल्याएकी फ्लोरेन्सको बिरामीप्रतिको सेवाभाव, त्याग, समर्पण र प्रशंसनीय योगदानको उच्च कदर गर्दै मे १२ लार्ई विश्वभरका नर्सहरुले गर्वसाथ मनाउने गर्छन्।
यो वर्ष हामीले ‘आवर नर्स, आवर फ्युचर, द इकानोमिक पावर अफ केयर’ भन्ने मूल नाराको साथ अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइ रहेका छौं। मानव स्वास्थ्यसंग प्रत्यक्ष सम्वन्ध राख्ने नर्सिङ सेवा भावले प्रेरित पेशा हो । गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहको मुख्य मेरुदण्ड भनेको नर्सिङ सेवा हो। जुन स्वास्थ्य संस्था वा अस्पतालमा नर्सिङ सेवा व्यवस्थित छ, त्यहाँको स्वास्थ्य प्रणाली नै सुदृढ हुन्छ। गुणस्तरीय हुन्छ।

नर्सहरुले दिन रात नभनी, महामारी नभनी आफ्नो र परिवारको अवस्थाको प्रवाह नगरी बिरामीको स्वास्थ्यको उपचार र हेरचाह गरेका हुन्छन्। नेपाल नर्सिङ परिषद्को तथ्याङ्क अनुसार (मिति २०८१। १ ।२९ सम्म अध्यावधिक ) विशेषज्ञ नर्स १ हजार ५ सय ७ रहेका ५न्। नसः ८२ हजार ४सय ७१ अनमी ३७ हजार ४ सय २० र मिडवाईफ ६६  जना परिषद्मा दर्ता रहेका छन्।

सरकारी, अर्ध सरकारी,  प्रतिष्ठान, नीजि अस्पताल, पोलिक्लिनिक, विश्वविद्यालय, शैक्षिक संस्था र गैर सरकारी क्षेत्र आदिमा नर्सिङ सेवासंग सम्वन्धित समस्याहरु फरक–फरक रहेका छन्। मुख्यतयाः जनशक्तिको उत्पादन र श्रम बजारमा समस्या, अस्पतालमा नर्स र बिरामीको अनुपात तोकिएअनुसार नहुनु हो।

थोरै नर्सले धेरैलाई सेवा दिनुपर्ने अवस्था छ । जसले गर्दा नर्समाथि बढ्दो भार देखिन्छ। बिरामीको सेवामा दिनरात खटिदा पाउने पारिश्रमिक भने न्युन छ । कम सुविधा, कार्यस्थलमा असुरक्षा, दरबन्दी संरचना अनुसार पदस्थापन नहुनु, वढुवा, उच्च शिक्षा अध्ययन, अनुसन्धान, तालिम जस्ता वृत्तिविकासको सुनिश्चितता नहुनु आदि नर्सिङ सेवाका वर्तमान समस्या र चुनौतीहरु हुन्।

यी चुनौती नर्सिङ सेवाका मात्रै रहेको बुझाइका कारण समग्र स्वास्थ्य प्रणालीमा नै संकट सिर्जना हुने अवस्था छ । नर्सहरुको पलायन बढ्दो छ । भविष्यमा नेपालमा नर्सको अभाव हुन अवस्था आउँछ । अर्कातिर गुणस्तरीय स्वास्थ्य सेवामा सबै नेपालीको पहुँच पु¥याउने लक्ष्य नर्सबिना सम्भव छैन।

त्यसैले यसवर्षको नारा ‘हाम्रा नर्स, हाम्रो भविष्य’लाई सबैले चिन्तन गर्नुपर्छ । नर्सिङ सेवालाई सम्मानित, पेशाकर्मी सुरक्षित महशुस नगराएसम्म स्वास्थ्य सेवा सुधारको परिकल्पना निरर्थक छ। नर्सिङ सेवामा रहेको चुनौती नर्सका मात्रै होइन, देशको हो, समाजको हो र स्वास्थ्य प्रणालीकै हो भन्ने बुझौं र यसलाई पार लगाउन जुटौं।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *