कोरोना अपडेट : संक्रमितको संख्या १८ लाख ५१ हजार, के छ युरोपियन राष्ट्रको अवस्था?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ५१ हजार नाघेको छ।

नेपाली समय अनुसार सोमबार दिउसो ३ बजेसम्म संक्रमितको संख्या १८ लाख  ५१ हजार ५ सय ३१ पुगेको छ।

अमेरिकामा सबैभन्दा बढी मानिस  संक्रमित भएका छन्। अमेरिकामा संक्रमितको संख्या ५ लाख ५७ हजार ५ सय ९० पुगेको छ।

जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वमा १ लाख १४ हजार ३ सय ३१ पुगेको छ ।

अमेरिकामा सबैभन्दा बढी मानिसको मुत्यु भएको छ। अमेरिकामा २२ हजार १ सय १५ जना मानिसको मुत्यु भएको छ।

कोरोना संक्रमितमध्ये हालसम्म विश्वभर ४ लाख २८ हजार ७ सय ३५ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।

युरोपियन राष्ट्रमा कोरोना संक्रमण अवस्था 
स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १७ हजार २ सय ९ जनाको मुत्यु भएको छ। त्यस्तै उपचारपछि निको भएर घर फर्किनेको संख्या ६२ हजार ३ सय ९१ पुगेको छ।

इटालीमा १ लाख ५६ हजार ३ सय ६३ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। १९ हजार ८ सय ९९ निको भएर घर फर्किसकेका छन्। ३४ हजार २ सय ११ जना उपचारपछि निको भएर घर फर्किसकेका छन्।

फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ जना मानिस संक्रमित भएका छन्। १४ हजार ३ सय ९३ जनाको मुत्यु भइसकेको छ। २७ हजार १ सय ८६ जना निको भएर घर फर्किसकेका छन्।

जर्मनीमा १ लाख २७ हजार ८ सय ५४ जना मानिस संक्रमित भएका छन्। ३ हजार २२ जनाको मृत्यु भइसकेको छ।  ६४ हजार ३ सय जना निको भएर घर फर्किसकेका छन्।

युकेमा ८४ हजार २ सय ७९ जना मानिस संक्रमित भइसकेका छन्। १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ।

बेल्जियममा २९ हजार ६ सय ४७ जना मानिस संक्रमित भएका छन्। ३ हजार ६ सयको मृत्यु भएको छ। ६ हजार ४ सय ६३ जना निको भएर घर फर्किसकेका छन्।

नेदरल्याण्डमा २५ हजार ५ सय ८७ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। २ हजार ७ सय ३७ जनाको मृत्यु भएको छ।

स्विजरल्याण्डमा २५ हजार ४ सय ४९ जना संक्रमित भएका छन्। १ हजार १ सय १५ जनाको मृत्यु भएको छ। १२ हजार ७ सय जना मानिस निको भएर घर फर्किसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *