प्रहरी समाचार

समाचार

पाँच जनाको हत्या गरी फरार अभियुक्त १२ वर्ष पछि पक्राउ 

बाँके ,१५ असोज

न्यू दिप ज्वयलर्स पसलका संचालक समेत ५ जनाको हत्या गरी फरार अभियुक्त भारत उत्तर प्रदेशसीतापुर विसवां बजार वतन भएका ६५ वर्षीय  किशोरीलाल सोनीलाई घटनाको १२ वर्ष पछि प्रहरीले पक्राउ गरेको छ ।

बाँके नेपालगंजउपमहानगरपलिका-११सदरलाईनस्थित न्यू दिपज्वयलर्स पसलका संचालकबाँके नेपालगंजउपमहानगरपलिका-१५वस्ने३२ वर्षीय दिपक हेमकार समेत ५ जनालाई २०६२ फागुन २३ गते राति हत्या गर्ने कार्यमा संलग्न उनलाई नेपालगंजउपमहानगरपलिका-१५ जमुनाह नाका हुँदै नेपालआउदै गरेको अवस्थामा फेला पारी शनिबार प्रहरीले पक्राउ गरेको हो ।

उक्त घटनामा दिपक समेत बाँके नेपालगंज-१५ सदरलाईन वस्ने ८२वर्षीया गुलावदेवी हेमकार, ६२ वर्षीय जगदेव हेमकार, ४५ वर्षीयासीतादेवी हेमकार र उक्त ज्वयलर्समा काम गर्नेसाविकखाकुश्मा गाविस-१ कुशुम का १५ वर्षीय राम शनिच्चर चौधरीको मृत्यु भएको थियो ।

मृतकहरु घरको २ तल्ला माथि सुतेको ठाउँमा धारिलो हतियारले काटिएको अवस्थामा शव फेला परेको थियो । उनीहरुमध्ये ४ जना एकै परिवारका सदस्य र चौधरी सोहीज्वयलर्सका कामदार थिए ।

मृत्यु भएका व्यक्तिहरुको नाममा रहेको बाँकेका विभिन्न ठाँउको जग्गा मृतकहरुको हकदार दिपा हेमकारको नाममा २०६३ जेठ १४ गते पास भएको र दिपा हेमकारको नाममा रहेको जग्गा समेत विभिन्न मितिमा नेपालगंजकै व्यक्तिहरुको नाममा पास भएको अनुसन्धानबाट खुल्न आएको छ ।

चाड पर्वको अवसरमा महानगरीय प्रहरी परिसर ललितपुरको विशेषसुरक्षा योजना

ललितपुर ,१५ असोज

महानगरीय प्रहरी परिसर ललितपुरले नजिकिदै गरेको नेपालीहरूको महान् चाडदशैं, तिहार र छठकोअवसरमा हुने बिभिन्न किसिमका आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण एवं रोकथाम गर्न “चाड पर्व बिशेष सुरक्षा योजना-२०७५” लागूगरेको छ ।

आमनागरिकलाई २४ सैं घण्टा भय रहित सुरक्षा व्यवस्थाको अनुभूति दिलाई उल्लासपूर्ण वातावरणमा चाडपर्व मनाउने अवसरसिर्जना गर्न थप प्रहरी कर्मचारीलाई परिचालन गरी विशेष सुरक्षा व्यवस्था मिलाइएको परिसरले जनाएको छ ।

चाड पर्वको अवसरमा हुन सक्ने चोरी,लुटपाट, जुवा, अबैध मदिरा बिक्रीबितरण,आतिसवाजी पटकाहरु नियन्त्रण गर्दैसर्वसाधारणको घर सम्पत्तिरहेको स्थान, वैंक तथा बित्तिय संस्थाएवं आर्थिक कारोबार हुने स्थान, भीडभाड हुने स्थान,महत्वपूर्णप्रतिष्ठानहरु, मठ मन्दिर रहेको स्थान लगायत अन्यआपराधिककृयाकलापहरु हुन सक्नेस्थानहरुको पहिचान गरी सुरक्षाकर्मी परिचालन गरिने परिसरले जनाएको छ ।

नगद लुटपाट गर्ने दुई जना पक्राउ 

काठमाडौ ,१५ असोज

नगद १ लाख ४० हजार लुटपाट गरेको अभियोगमा काठमाडौं महानगरपालिका-१३ कालिमाटी बस्ने भारतमोतिहारीघरभएका १६ वर्षीय श्यामकुमारसाह र सिन्धुपाल्चोकचौथलीगाउँपालिका-५ का २० वर्षीय प्रेमश्रेष्ठलाईसोमबार प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु लगायत ४ जनाले आइतबारकाठमाडौं महानगरपालिका-१४ कलंकी बस्ने पर्साघरभएका ३८ वर्षीय उमेशप्रसादकेशरीकोकोठामाप्रहरीहौंभन्दैखानतलासीगर्नेनिहुलेढोकाखोल्नलगाईउक्त नगद लिई फरार भएका थिए । फरार अभियुक्तको खोजी गर्ने क्रममा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले घटनामा संलग्न उनीहरुलाई  काठमाडौं कलंकीबाट फेला पारी पक्राउ गरेको हो ।

फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ 

काठमाडौ ,१५ असोज

म्याग्दी , पाल्पारडोटीमा जबरजस्तीकरणी गरेको अभियोगमा ३ जनालाई  प्रहरीले  पक्राउ गरेको  छ ।

म्याग्दीमालिका गाउँपालिका-१ निस्कोटछिस बस्ने २१ वर्षीय गोबिन्द पुनलाई जबरजस्तीकरणी गरेको अभियोगमा आइतबार प्रहरीले पक्राउ गरेको छ । उनले सोही ठाउँ वस्ने५० वर्षीय महिलालाई जबरजस्तीकरणी गरेको खुल्न आएको छ ।

पाल्पाछहरा गाउँपालिका-१ भुटुक्दी बस्ने २८ वर्षीय महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमासोही ठाउँ बस्ने २१ वर्षीय ओम बहादुर कुमाललाईआइतबार प्रहरीले पक्राउगरेको हो ।

डोटीबडीकेदार गाउँपालिका-३ बस्ने ७५ वर्षीय वृद्ध महिलालाई जबरजस्तीकरणी गरेको अभियोगमाबोगटान गाउँपालिका-१ बस्ने ३० वर्षीय एकेन्द्र धामीलाईसोमबारप्रहरीले पक्राउ गरेको छ ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सवारी दुर्घटनामा ५ जनाको मृत्यु तथा १८ जना घाइते 

काठमाडौ ,१५ असोज

कपिलवस्तु, प्युठान, मोरङ र धनकुटामा सोमबार भएको छुटाछुट्टै सवारी दुर्घटनामा ५ जनाको मृत्यु तथा १८ जना घाइते भएका छन् ।

कपिलवस्तुकृष्णनगरनगरपालिका-२बसपार्कस्थितसडकमा बा.३ख३४४९नम्बरकोबसलेबिपरितदिशाबाट आएकोरिक्सालाईठक्करदिदागम्भीर घाइते भएका रिक्साचालककपिलवस्तुकृष्णनगरनगरपालिका-१सेमराबस्ने४५ वर्षीय सुरेशहरिजनकोअकवरमेडिकलमा उपचारकोक्रममामृत्युभएको हो । फरार बसचालकको प्रहरीले खोजी गरिरहेको छ ।

प्युठानगौमुखीगाउँपालिका-५ सालीबिसौनाभन्नेस्थानमाठुलाबेसीबाटबाग्दुलातर्फजाँदैगरेको लु.१ च ३४७२ नम्बरकोजिपअनियन्त्रितभईपल्टिँदाजिपमा सवारसोही स्थान बस्ने ३५ वर्षीयशालिकबस्नेतकोघटनास्थलमैमृत्युभएकोहो । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङबुढीगंगागाउँपालिका-३ स्थितसडकमा को.२ प ४२५८ नम्बरकोमोटरसाइकलआफैअनियन्त्रितभईदुर्घटनाहुँदामोटरसाइकलमा सवार सुनसरीधरान उपमहानगरपालिका-७ बस्ने २८ वर्षीयारेश्माखातुनको मृत्यु भएको हो । उक्त मोटरसाइकल दुर्घटना हुँदा रेश्मा सडकमा लडेर ना.४ ख ५६४ नम्बरकोबसकोपछाडीकोचक्कामाठोकिनपुगी गम्भीर घाइते भएकोले उनलाई

उपचारको लागि लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा चालक मृतकको श्रीमान र ७ वर्षीय

छोराको बिराटमेडिकलकलेजमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनकुटासागुरीगढीगाउँपालिका-९ हर्दियास्थितसडकमा धनकुटासागुरीगढीगाउँपालिका-१० ताम्राङबाटधरानतर्फजाँदैगरेको को.१ ज १८२१ नम्बरकोपिकअपगाडीकोब्रेकफेलभईसडकबाट अन्दाजी१ सय ५० मिटरतलखसीदुर्घटनाहुँदा गाडीमासवारधनकुटासागुरीगढीगाउँपालिका-१० आहालेबस्ने ३९वर्षीयासनमायाराई र पाँचथरघरभएकी ६१ वर्षीयादेवीमायासुनुवारकोघटनास्थलमैमृत्युभएको हो । दुर्घटनामा  घाइते भएका १६ जनालाई  उपचारको लागि धरानघोपातर्फ लगिएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

पोखरीमा डुबेर मृत्यु 

सप्तरी ,१५ असोज

महादेवागाउँपालिका-१ बस्नेहरिसदाको१५ वर्षीयाछोरीपुनितासदाको पोखरीमा डुबेर सोमबार मृत्यु भएको छ । सोहीस्थाननजिकैरहेकोपोखरीमानुहाउनेक्रममाडुबेर सदाको मृत्युहो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

मृत अवस्थामा फेला 

काठमाडौ ,१५ असोज

गुल्मी र बाँकेमा मृत अवस्थामा सोमबार३ जना फेला परेका छन् ।

गुल्मीचन्द्रकोटगाउँपालिका-७बोटेगाउँस्थितबडीगाडखोलालेहालनाम,थर,वतननखुलेकीअन्दाजी ४५वर्षीयामहिलाकोशव फेला परेको हो ।

बाँकेबैजनाथगाउँपालिका-७ पेडारीस्थितलिपटिसकोनर्सरीमाहाल नाम, थर,वतननखुलेका अन्दाजी३६ वर्षीय पुरुष र अन्दाजी२९वर्षीयामहिलामृतअवस्थामाफेला परेका छन् ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

करेन्ट लागेर मृत्यु 

झापा ,१५ असोज

हल्दीवारी गाउँपालिका-१ बस्ने ४५ वर्षीय  रुद्र त्रितालको सोमबारकरेन्ट लागेर मृत्यु भएको छ । सोही ठाउँ बस्ने पवन सुन्दर राईको खेतमा मोटर जोड्ने क्रममा करेन्ट लागेरगम्भीर घाइते भई उपचारको लागि विर्तासिटी अस्पताल विर्तामोड लगिएकोमा उनको उपचारको क्रममा मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोतः केन्द्रीय प्रहरी समाचार कक्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *