लामो दुरीको यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय

न्यूज अपडेट काठमाडाैं, २९ भदाै सरकारले अन्तरजिल्ला यातायात र आन्तरिक हवाई उडान असोज ५ गतेदेखि खुला गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले यो निर्णय गरेको हो ।

Continue Reading

वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सरकारको सिफारिस

न्यूज अपडेट काठमाडाैं, २९ भदाै सरकारले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गौतमको नाम राष्ट्रपति समक्ष सिफारिस गरेको हो ।

Continue Reading

लकडाउन र निषेधाज्ञाका कारण साना व्यवसायीको उठीबास, ७ प्रतिशत बढीले छाडे पसल कवल

न्यूज अपडेटकाठमाडाैं, २९ भदाै करिव ७ महिनाअघि विश्वभर फैलिएको कोरोना भाइरसको महामारी र यसले विश्वभर निम्त्याएको लकडाउनका कारण विश्वकै अर्थतन्त्र प्रभावित बनेको छ । कोरोनाले नेपालको अर्थतन्त्रमा पनि गम्भीर असर पुर्याएको छ । चैतदेखि यताको नियमित लकडाउन निषेधाज्ञाका कारण सानादेखि ठूला व्यवसायीसम्म प्रभावित बनेका छन् । लकडाउनका कारण थोरै पूँजीमा सानो व्यवसाय सञ्चालन गरेर परिवारको […]

Continue Reading

रथलाई पुल्चोकमै छाडेर रातो मत्स्येन्द्रनाथलाई बुंगमती लगियो

न्यूज अपडेट काठमाडाैं, २९ भदाै रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याइएको छ । सोमबार दिउँसोको लागि तय भएको उपयुक्त साइतमा रातो मत्स्येन्द्रनाथलाई खटमा राखेर बुंगमती पुर्‍याएको ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले जानकारी दिए । कोरोना भाइरसका कारण रथायात्रा गर्न नसकेपछि भदौ १९ गते क्षमा पूजा गरिएको रातो मत्स्येन्द्रनाथलाई मंगलबार चोख्याउने र बुधबारदेखि नियमित पूजा गरिने […]

Continue Reading

जग्गा कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

न्यूज अपडेट काठमाडाैं, २९ भदाै सर्वोच्च अदालतले सरकारले गरेको जग्गाको कित्ताकाट फुकुवाको निर्णय कार्यान्वयनमा रोक लगाएको छ । सोमबार न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले जग्गा कित्ताकाटको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो । अधिवक्ता सन्तोष भण्डारी, सुजन नेपाल र नवराज पाण्डेले भूमि व्यवस्था तथा गरिबी निवारण मन्‍त्रालयलाई विपक्षी बनाई दायर गरेको रिटमाथि […]

Continue Reading

मेडिसिटी, ग्रान्डी, नेशनल अस्पताल र टेकुमा पिसिआर परीक्षण गर्दा ४ फरक रिपोर्ट, छानबिन गर्दै मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, २९ भदाै कोरोना भाइरसको संक्रमणको प्रयोगशाला परीक्षणका क्रममा एक जना व्यक्तिको ४ वटा स्थानमा फरक फरक रिपोर्ट आएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर परीक्षण गर्दा चार अस्पतालमा फरक फरक रिपोर्ट आएको विषयमा छानबिन अगाडि बढाएको छ। मन्त्रालयका अनुसार मेडिसिटी अस्पताल, ग्रान्डी अस्पताल, नेशनल अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एकै […]

Continue Reading

महावीर पुन नेतृत्वको आविष्कार केन्द्रले बनायो बिग्रिएर थन्किएको १४ वटा भेन्टिलेटर

न्यूज अपडेट काठमाडाैं, २९ भदाै केन्द्रले नि:शुल्क भेन्टिलेटर मर्मत गर्दा गंगालाल र ट्रमा सेन्टरको करौडौं रुपैयाँ जोगियो राष्ट्रिय आविष्कार केन्द्रले काठमाडौंका दुई अस्पतालको बिग्रिएर थन्किाएका १४ वटा भेन्टिलेटर मर्मत गरेको छ। केन्द्रले राष्ट्रिय ट्रमा सेन्टर र शहिद गंगालाल हृदय केन्द्रका ७/७ गरी १४ वटा भेन्टिलेटर मर्मत गरेको हो। केन्द्रले यी अस्पतालका बिग्रिएको भेन्टिलेटर निशुल्क रुपमा […]

Continue Reading

कोरोना संक्रमितले आफ्नै खर्चमा उपचार गर्नुपर्ने, विपन्न नागरिकको मात्र निःशुल्क हुने

न्यूज अपडेट काठमाडाैं, २९ भदाै सरकारले कोरोना संक्रमित विपन्न नागरिकको मात्र उपचार गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको उपस्थितीमा आइतबार बसेको मन्त्रालय अन्तर्गतको इन्सिडेन्ट कमान्ड सेन्टरको बैठकले उक्त निर्णयसहितका १२ वटा निर्णय गरेको छ। बैठकले गरेको निर्णय कार्यान्वयनका लागि मन्त्रालयले माताहतका निकायमा पत्र समेत पठाइसकेको छ। मन्त्रालयका सहप्रवक्त डा समिरकुमार अधिकारीको […]

Continue Reading

काठमाडौंमा ६ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो 

न्यूज अपडेट काठमाडाैं, २९ भदाै नेपालमा एकै दिन १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको छ। यो हालसम्मकै उच्च हो । ९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा […]

Continue Reading

सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, २९ भदाै  नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १९, झापामा ७, भोजपुरमा २, मोरङमा ३२ र सुनसरीमा ४६ जनामा कोरोना भेटिएको छ। […]

Continue Reading