सोमबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ भदाै

 नेपालमा कोरोना संक्रमितको संख्या ५५ हजार ३ सय २९ पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार १ सय ७० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को उदयपुरमा २, ओखलढुंगामा १९, झापामा ७, भोजपुरमा २, मोरङमा ३२ र सुनसरीमा ४६ जनामा कोरोना भेटिएको छ।

प्रदेश २ को धुनषामा ६, पर्सामा ९, बारामा १२, महोत्तरीमा १, सप्तरी र सर्लाहीमा २/२, सिरहामा ३४ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ४ सय ४० जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा १८, चितवनमा ३१, दोलखामा १, धादिङमा ८, नुवाकोटमा ३, भक्तपुरमा ४३, मकवानपुरमा १४, रामेछापमा १, ललितपुरमा २९ र सिन्धुलीमा १ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ५४, गोरखामा १०,  तनहुँमा १७, नवलपरासी पूर्वमा २, लमजुङमा ४, बागलुङ र स्याङजामा २/२ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा ६, गुल्मीमा २, दाङमा ४५, नवलपरासीमा ७, पाल्पामा ७,  बाँकेमा २४, रुपन्देहीमा ८१ र रोल्पामा २ जनामा कोरोना पाइएको छ।

यस्तै, कर्णाली प्रदेशको कालिकोटमा १, जाजरकोटमा २, दैलेखमा ७, सल्यानमा २ र सर्खुेतमा ३९, सुदूरपश्चिमको अछाममा ५, कञ्चनपुरमा ३, कैलालीमा ७० र डडेल्धुरामा १, डोटीमा ८ र बझाङमा ३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १५ हजार १ सय १३ सय ९३ जना सक्रिय संक्रमित छन्। कोरोनाको आशंकामा गत २४ घण्टामा १० शजार ८ सय ७८ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ८ सय ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *