ललितपुरको चक्रपथ क्षेत्रभित्र भोलि कर्फ्यू

न्यूज अपडेट ललितपुर, १८ भदाै जिल्ला प्रशासन कार्यालय, ललितपुरले चक्रपथ क्षेत्रभित्र कर्फ्यू आदेश जारी गरेको छ । रातो मत्स्येन्द्रनाथको रथयात्रालाई लिएर पुल्चोक क्षेत्रमा दिनभर तनाव भएपछि प्रशासनले भोलि विहान ४ बजेदेखि राति १० बजेसम्म कर्फ्यू आदेश जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी ललितबहादुर बस्नेतले जानकारी दिए ।

Continue Reading

बिपी प्रतिष्ठानमा २ र चितवन मेडिकल कलेजमा थप १ कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट काठमाडाैं, १८ भदाै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र चितवनस्थित चितवन मेडिकल कलेजमा थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। धरानमा २ जना र चितवनमा १ जना संक्रमितको मृत्यु भएको हो। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार सप्तरी राजविराजका ५० र ५५ वर्षीय २ पुरुषको मृत्यु भएको हो। […]

Continue Reading

भक्तपुरमा बिहीबार संक्रमण कहाँ कति ?

न्यूज अपडेट भक्तपुर, १८ भदाै बिहीबार भक्तपुर जिल्लामा ४१ जना व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये मध्यपुर थिमि नपामा ६ पुरुष र १३ महिला, भक्तपुर नपामा ४ पुरुष र ६ महिला, सुर्यबिनायक नपामा ३ पुरुष र २ महिला तथा चाँगुनारायण नपामा ४ पुरुष र १ महिला छन् । संक्रमितहरूको विवरण ठेगाना      […]

Continue Reading

नागार्जुन नगरपालिकाका मेयरलाई पनि कोरोना संक्रमण

न्यूज अपडेट काठमाडाैं, १८ भदाै नागार्जुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि सोही नगरपालिकाको वडा नं ६ का अध्यक्ष राजेन्द्र बुढाथोकीमा पनि संक्रमण पुष्टि भएको थियो । बुढाथोकीको निकट सम्पर्कमा आएकाहरुको कन्ट्याक्ट ट्रेसिङ गर्दा नगर प्रमुख बस्नेतलाई पनि कोरोना संक्रमण देखिएको हो । नागार्जुन नगरपालिकाले स्टार हस्पिटलमा पीसीआर […]

Continue Reading

पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएकाे झडपमा ९ जना पक्राउ

न्यूज अपडेट ललितपुर, १८ भदाै ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले बताए । प्रशासनले […]

Continue Reading

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

न्यूज  अपडेट काठमाडाैं, १८ भदाै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार […]

Continue Reading

पोखरामा ३७ वर्षीय कोरोना संक्रमितको मृत्यु

न्यूज अपडेट पोखरा, १८ भदाै पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक संक्रमितको मृत्यु भएको हो। प्रतिष्ठानका अनुसार पोखरा महानगरपालिका-६ का ३७ वर्षीय पुरुषको साँझ ५:५० बजे उपचारका क्रममा मृत्यु भएको हो। संक्रमित पुरुषलाई प्रतिष्ठानको कोभिड उपचार केन्द्रको आइसियुमा राखेर उपचार प्रक्रिया अगाडि बढाइएको थियो। उनलाई पश्चिमाञ्चल संक्रामक […]

Continue Reading

यी हुन् २ सयभन्दा बढी सक्रिय संक्रमित रहेका १९ जिल्ला, कुन जिल्लामा कति संक्रमित?

न्यूज अपडेट काठमाडाैं, १८ भदाै बिहीबार १ हजार २ सय २८ जना नयाँ कोरोना संक्रमित थपिए। यो संख्या जोड्दा नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या ४२ हजार ८ सय ७७ पुगेको छ। कुल संक्रमितमध्ये २४ हजार २ सय ७ जना संक्रिमत उपचारपछि निको भएर घर फर्किसकेका छन् भने १८ हजार ४ सय १३ सक्रिय […]

Continue Reading

काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, १८ भदाै काठमाडौं उपत्यकामा ४४५ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ७ हजार ३८ पुगेको छ। बिहीबार काठमाडौंमा ३५७, ललितपुरमा ४६ र भक्तपुरमा ४२ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्। काठमाडौंमा ५ हजार ६ सय २२ ललितपुरका ८१८ २ र भक्तपुरमा ५९८ संक्रमित […]

Continue Reading

बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या २५७ पुग्यो

न्यूज अपडेट काठमाडाैं, १८ भदाै बिहीबार ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ सय ५७ पुगेको छ। ५ वटा जिल्लाका ४ महिला र २ पुरुष गरी ६ कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। रुपन्देहीमा मात्र दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ। रुपन्देहीमा ७७ […]

Continue Reading