भक्तपुरमा ५४ जना संक्रमित

न्यूज अपडेट भक्तपुर, २३ भदाै भक्तपुर नगरमा कोभिड–१९ का संक्रमितको सङ्ख्या बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरबाट प्राप्त जानकारीअनुसार मंगलबार भक्तपुर नगरमा जम्मा ३२ जना व्यक्तिमा कोभिड संक्रमण पुष्टि भएको छ । उनीहरूमध्ये १८ जना पुरुष र १४ जना महिला छन् । त्यस्तै मध्यपुर नपामा ३ जना पुरुष र १० जना महिला, सुर्यबिनायक नपामा […]

Continue Reading

उपत्यका मेयर फोरमको आग्रह : नाकामा सेना परिचालन गरी निषेधाज्ञा खुकुलो बनाऊ

न्यूज अपडेट काठमाडाैं, २३ भदाै फाइल तस्वीर उपत्यका नगरपालिका मेयर फोरमले उपत्यकाका सबै नाकामा कडाई गरी निषेधाज्ञालाई खुकुलो पार्दै जानुपर्ने बताएको छ । मेयर फोरमको मंगलबार बसेको बैठकले काठमाडौं उपत्यकाका सबै नाका कडाई गर्न सेना परिचालन गरी उपत्यकाभित्रको निषेधाज्ञालाई विस्तारै खोल्नुपर्ने निर्णय गरेको हो । फोरमका सचिव एवं मध्यपुर थिमी नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले उपत्यकाभित्र […]

Continue Reading

घर र गाडी कर्जाको ब्याजदर स्थिर गर्न राष्ट्र बैंककाे निर्देशन

न्यूज अपडेट काठमाडाैं, २३ भदाै सां‌केतिक फोटो घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा  ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो । बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ […]

Continue Reading

मच्छिन्द्रनाथको जात्रा किन रोकियो ?

न्यूज अपडेट भक्तपुर, २३ भदौ रातो मच्छिन्द्रनाथको जात्रा हिजो आजको जात्रा होइन । आज भन्दा सोह्र सत्र सय वर्ष अगाडी बिक्रम संवत ४०७ सालदेखि निरन्तर रुपमा चल्दै आइरहेको ऐतिहासिक जात्रा हो । रातो मच्छिन्द्रनाथको जात्रासँग यहाँ अन्न उत्पादन गरी खाने सम्पूर्ण जनताको सम्वन्ध छ । यसको अर्थ भनेको आधुनिक कृषि उत्पादन गरी अन्न उत्पादन गर्नको […]

Continue Reading

एमबाप्पेलाई कोरोना संक्रमण

न्यूज अपडेट एजेन्सी, २३ भदाै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड किलिएन एमबाप्पेलाई कोरोना संक्रमण भएको छ । कोरोना पोजेटिभ पुष्टि भएका एमबाप्पेले अब युइएफए नेशन्स लिग अन्तर्गत क्रोएसिया विरुद्धको खेल गुमाउनेछन् । गत साता नेमारसहित पिएसजीका ६ खेलाडीलाई कोरोना संक्रमण भएको थियो । एमबाप्पेले लिग वानको सुरुवाती खेलसमेत गुमाउने शंका छ । २१ […]

Continue Reading

भक्तपुरबाट ठूलो परिमाणमा लागुऔषध बरामद, दुई जना पक्राउ

न्यूज अपडेट काठमाडाैं, २३ भदाै फाइल तस्वीर नेपाल प्रहरीको अपराध महाशाखाले ठूलो परिमाणमा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । वीरगञ्जबाट ट्रकमा आएकाहरु भक्तपुरबाट पक्राउ परेका हुन् । ना ३ ख ९०८९ नम्बरको ट्रकसहित उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका व्यक्ति, लागुऔषधको नाम र परिमाण लगायतका विस्तृत विवरण प्रहरीले खुलाएको छैन । अपराध महाशाखाका […]

Continue Reading

जिल्लागत रूपमा मंगलबार नेपालभर संक्रमितकाे स्थिति  

न्यूज अपडेट काठमाडाैं, २३ भदाै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार नाघेको छ। गत २४ घण्टामा ९ सय २ जना भेटिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ। ३ सय ७ महिला र ५ सय ९५ पुरुष गरी ९ सय २ जना कोरोना संक्रमित भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए। […]

Continue Reading

१ सय ६७ जना कोरोना संक्रमितको उपचार आइसियु र भेन्टिलेटरमा हुँदै

न्यूज अपडेट काठमाडाैं, २३ भदाै देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ६७ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार २३ जना भेन्टिलेटरमा र १४४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा […]

Continue Reading

देशभर ६८१५ कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, २३ भदाै देशभर ६ हजार ८ सय १५ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मंगलबासम्म सबै भन्दा धेरै प्रदेश २ मा २ हजार ५ सय संक्रमित  होम आइसोलेसनमा छन्। त्यस्तै बागमती प्रदेशमा मा २ हजार ४ सय २९, प्रदेश १ मा ८ सय ४०, प्रदेश ५मा […]

Continue Reading

थप ६ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३०६ पुग्यो

न्यूज अपडेट काठमाडाैं, २३ भदाै नेपालमा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६ पुगेको छ। ४ वटा जिल्लाका १ महिला र ५ पुरुष गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सुनसरीमा ७०, पर्सामा ५४ र ६० वर्षीय पुरुषको […]

Continue Reading