काठमाडौंमा ६ सहित थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ३६० पुग्यो 

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २९ भदाै

नेपालमा एकै दिन १५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ३ सय ६० पुगेको छ। यो हालसम्मकै उच्च हो ।

९ वटा जिल्लाका ५ महिला र १० पुरुष गरी १५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा काठमाडौंमा मात्र ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मोरङमा ४० र ७० वर्षीय पुरुष, काठमाडौंमा ६१ वर्षीया महिला, ७७, ६२, ७३, ८५ र ७० वर्षीय पुरुषको मृत्यु भएको हो । ललितपुरमा ५५, भक्तपुरमा ७३, रामेछापमा २३ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, गोरखाका ६३, नवलपरासीका ६२, पर्साका ५५ र कपिलवस्तुकी ४७ वर्षीया महिलाको मृत्यु भएको छ ।

यसअघि नेपालमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *