भक्तपुरमा सङ्क्रमितको सङ्ख्या ९० जना

न्यूज अपडेट भक्तपुर, ४ असाेज भक्तपुर जिल्लामा आइतबार जम्मा ९० जना व्यक्तिमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय, भक्तपुरका निष्ठा बल्लले दिएको जानकारीअनुसार सङ्क्रमितमध्ये मध्यपुर थिमि नपामा २३ पुरुष र २२ महिला, सुर्यबिनायक नपामा १६ पुरुष र ४ महिला, भक्तपुर नगरपालिकामा ९ पुरुष र ३ महिला तथा चाँगुनारायण नपामा २ जना पुरुषमा […]

Continue Reading

कर्णाली र सुदूरपश्चिममा ४ अर्ब लगानीमा अप्टिकल फाईबर, टेलिकमले गर्यो टेण्डर आह्वान

न्यूज अपडेट काठमाडाैं, ४ असाेज कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाईबर विछ्याउनका करीब ४ अर्ब रुपैयाँ खर्चिइने भएको छ । सो प्रयोजनका लागि नेपाल टेलिकमले ३ अर्ब ८१ करोड रुपैयाँको टेण्डर आह्वान गरेको छ । टेलिकमले आगामी २ बर्षमा सम्पन्न गर्ने गरी पाएको उक्त परियोजनाको बोलपत्र आह्वान गर्ने काम सम्पन्न भएको जनाएको हो । […]

Continue Reading

मन्त्रिपरिषद् पुनर्गठन पक्का, प्रधानमन्त्रीले दिए तीन विकल्प

न्यूज अपडेट काठमाडाैं, ४ असाेज प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन हुने पक्का भएको छ । तर को–को हट्ने, को–को मन्त्री बन्ने भन्ने छलफल हुन बाँकी नै छ । पार्टी कार्यालय पेरिसडाडाँमा आइतबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकमा नेताहरु सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निष्कर्षमा पुगेका हुन् । बैठकमा प्रधानमन्त्री […]

Continue Reading

आइतबार जिल्लागत रूपमा संक्रमितकाे स्थिति

न्यूज अपडेट काठमाडाैं, ४ असाेज नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ३ सय २५ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। प्रदेश १ को उदयपुरमा १, झापामा ३, तेह्रथुममा १, पाँचथरमा २, भोजपुरमा १, मोरङमा ६३ र सुनसरीमा ७ जनामा कोरोना […]

Continue Reading

२ सय २६ जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा

न्यूज अपडेट काठमाडाैं, ४ असाेज देशभर कोरोना संक्रमितको संख्या बढेपछि आइसियु र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि थपिँदै गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार देशभर २ सय २६ जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्। मन्त्रालयको तथ्यांक अनुसार ३६ जना भेन्टिलेटरमा र १९० जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्। आइसियुमा रहेका संक्रमितको […]

Continue Reading

देशभर ८४०७ कोरोना संक्रमित होम आइसोलेसनमा

न्यूज अपडेट काठमाडाैं, ४ असाेज  देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ। आइतबार  १७ हजार ४ सय ७८ जना संक्रिय संक्रमित मध्ये ८ हजार ४ सय ७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार सबै भन्दा धेरै बागमती प्रदेशमा ४ हजार ६ सय १ जना […]

Continue Reading

काठमाडौंमा ४ सहित १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ४११ पुग्यो 

न्यूज अपडेट काठमाडौं, ४ असोज नेपालमा आइतबार १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ४ सय ११ पुगेको छ। ७ वटा जिल्लाका ६ महिला र ४ पुरुष गरी १० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। काठमाडौंमा मात्र चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। काठमाडौंमा मात्र […]

Continue Reading

काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित थपिए

न्यूज अपडेट काठमाडाैं, ४ असाेज आइतबार काठमाडौं उपत्यकामा ७६७ कोरोना संक्रमित भेटिएका छन्। पछिल्लो २४ घन्टामा काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ४२ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। उपत्यकामा कोरोना संक्रमितको कुल संख्या १६ हजार ६ सय १६ पुगेको मन्त्रालयले जनाएको छ। काठमाडौंमा १३ हजार ६१६, ललितपुरमा १ हजार ५ सय ४८ […]

Continue Reading

विदेशमा २४४ कोरोना संक्रमित नेपालीको निधन

न्यूज अपडेट काठमाडाैं, ४ असाेज कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा रहेका २४४ नेपालीको निधन भएको छ। गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अन्तर्गतको स्वास्थ्य समितिका अनुसार १७ मुलुकमा ती नेपालीले ज्यान गुमाएका हुन्। कोरोनाका कारण नेपालसहित विश्वभर जम्मा ६४५ नेपालीको निधन भएको संघले जनाएको छ। गत साता बेलायत, स्पेन र भारतलगायत देशमा कोरोना सङ्क्रमणदर सामान्य रुपमा वृद्धि भएको […]

Continue Reading

नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार नाघ्यो, आज १३२५ जना थपिए

न्यूज अपडेट काठमाडाैं, ४ असाेज पछिल्लो २४ घण्टामा १३२५ जना कोरोना संक्रमित पुष्टि भएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको स्वासथ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्। हाल देशभर १७ हजार ४७८ जना सक्रिय संक्रमित छन्। आज ९६६ जना निको भएका छन्। हालसम्म ४६ हजार २३३ जना निको भएको मन्त्रालयले जानकारी दिएको छ। […]

Continue Reading