७ हजार २ सय ८० जना संक्रमित होम आइसोलेसनमा

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ भदाै

देशभर संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

मंगलबार ७ हजार २ सय ८० जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सबै भन्दा धेरै प्रदेश २ मा ४ हजार ९१ जना होम आइसोलेसनमा छन्।

त्यस्तै बाग्मती प्रदेशमा मा २ हजार १ सय ६, प्रदेश १ मा ५ सय ४४, प्रदेश ५मा ३२३, सुदूरपश्चिम प्रदेशमा १३३, गण्डकी प्रदेशमा ३८ र कर्णाली प्रदेशमा ४५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *