२४ घन्टायता ७६७ कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १६ भदाै

पछिल्लो २४ घन्टामा थप ७ सय ६७ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

योसँगै नेपालमा २२ हजार १ सय ७८ जना संक्रमित उपचारपछि निको भएका छन्।  मुस्ताङ, र हुम्ला गरी २ जिल्लामा संक्रमित शून्य भएका छन्।

आज १२ हजार ८८ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ७ लाख ५ हजार ५ सय ६० जना व्यक्तिको पिसिआर भएको मन्त्रालयले जनाकारी दियो।

मन्त्रालयका अनुसार ७ हजार ३ सय ९० जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १८ हजार  १ सय १२ रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *