ढोरपाटनका आगलागी पीडितलाई प्रदेश सरकारद्वारा राहत

विशेष समाचार समाचार स्वास्थ्य

बागलुङ, १६ मङ्सिर


बागलुङको ढोरपाटन नगरपालिका–८ बोबाङको नावीका अग्नीपीडितलाई गण्डकी प्रदेशले राहत वितरण गरेको छ । गत आइतबार विहान ४८ परिवार बस्दै आएका ढोरपाटनको ३० घरमा आगलागी हुँदा ३ करोड ३० लाख ८० हजार बराबरको क्षति भएको थियो ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानसहित प्रदेश सांसद चन्द्रबहादुर बुढाले ढोरपाटनमा पुगेर आगलागीबाट पुर्ण क्षति भएका ३६ घरपरिवारलाई ३ लाख ६० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गरेका हुन् । गण्डकी प्रदेशले पूर्ण क्षति भएका ३६ परिवारलाई १० हजार रुपैयाँका दरले राहत रकम प्रदान गरेपनि आंशिक क्षति भएका १२ परिवारलाई भने राहत रकम वितरण गरेन ।
राहत रकम हस्तान्तरणमा कानुन मन्त्री चुमानले पीडितहरुको साथमा तीनै तहको सरकार रहेकाले नआतिन अनुरोध गर्दै आवश्यक राहत तथा सहयोग सवैतहबाट प्राप्त हुने बताए । उनले संघीयता भनेको जनताको घरदैलोमा सरकार र जनताको सुख दुःखमा सहयात्री भएकाले अहिले आतिहाल्नुपर्ने अवस्था नरहेको बताए । आज स्थानीय तहदेखि प्रदेश हुँदै केन्द्रमा समेत सरकार रहेकोले अब जनताले प्रत्यक्ष अप्रत्यक्ष अनुभुति गर्ने गरी विकासले योजनावद्व र क्रमवद्व रुपले विकाले तिव्रता पाउने जानकारी दिए ।
यस अगाडि जिल्ला विपत व्यवस्थापन समितिले ३४ परिवारलाई १० हजारका दरले राहत रकम हस्तान्तरण गरेको छ । प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलसहित गएको टोलीले ३४ घरपरिवारलाई राहत रकम हस्तान्तर गरेको थियो भने ४ घरपरिवार कार्यक्रममा उपस्थित नभएकाले पछि दिने जानकारी दिएको छ । बांकी आंशिक क्षति भएका १० परिवारलाई पछि राहत उपलब्ध गराइने ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख नन्दराम भुसालले बताए ।

नगरपालिकाले ४८ लाख दिने घोषणा
ढोरपाटन नगरपालिकाले ४८ परिवारको घर निर्माणको लागि ४८ लाख दिने घोषणा गरेको छ । आगलागीको स्थलगत अवलोकन पछि नगरप्रमुख देवकुमार नेपालीले नगरको विपत व्यवस्थापन कोषबाट आगलागी पीडितहरुलाई घर निर्माणको लागि प्रतिपरिवार १ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् । नेपालीले सम्पूर्ण घरको छानाको लागि जस्तापाता आफ्नो व्यक्तिगत खर्चमा छाइदिने समेत बताएका छन् ।
नगरप्रमुख नेपालीले तत्काल त्यस स्थानमा नगरपालिकाका तर्फबाट ईञ्जिनियर पठाएर सबैको एकैखालको भुकम्प प्रतिरोधी एक/एक तले, दुई कोठे शौचालय सहितको एकै प्रकारको घर निर्माण गर्ने बताए । स्थानीय ढुँगा माटोबाट व्यवस्थित घर निर्माण गरी एउटा भान्सा कोठा र एउटा सुत्ने कोठा घर बाहिर अनिवार्य शौचालयसहितका ४८ वटा घर निर्माणका लागि नगरपालिकाले तत्काल पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *