मेची प्रादेशीक अस्पतालको पीसीआर ल्याव बन्द

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, २४ भदौ

मेची प्रादेशीक अस्पतालको पीसीआर ल्याव बन्द

झापाको भद्रपुरमा रहेको मेची प्रादेशिक अस्पतालमा स्थापना गरिएको कोरोना परीक्षण गर्ने पीसीआर प्रयोगशाला बन्द भएको छ । सञ्चालनमा आएको एक महिना बित्न नपाउँदै प्रयोगशाला बन्द हुँदा परीक्षणका लागि धरान र विराटनगर जानु पर्ने बाध्यता कायमै छ ।

झापाको भद्रपुरस्थित मेची प्रादेशिक अस्पतालमा कोरोना परीक्षणका लागि एक महिना अगाडी स्थापना गरिएको पीसीआर प्रयोगशाला बन्द भएको हो । प्रयोगशालाल स्थापना भएपछि कोरोना परीक्षणको दायरा बढ्ने विश्वास गरिएको थियो तर प्रयोगशालाका लागि चाहिने आवश्यक सामग्री अभाव भएपछि परीक्षण कार्य अहिले ठप्प भएको छ । आवश्यक सामाग्रीको अभावमा परीक्षण हुन नसक्दा रिपोर्टका लागि धरान र बिराटनगर जानु पर्ने बाध्यता कायमै छ ।

पीसीआर प्रयोगशालाका लागि चाहिने प्लेट कभर सकिएपछि झण्डै दुई सातादेखि अस्पतालमा स्वाब परीक्षण कार्य रोकिएको अस्पतालले जनाएको छ । स्वीस सरकारले उपलब्ध गराएको अत्याधुनिक पीसीआर मेसिनबाट अस्पतालले तीन हजार भन्दाबढीको स्वाब परीक्षण गरिसकेको छ । तर, प्रयोगशालाका लागि चाहिने प्लेट कभर सकिएपछि स्थगित भएको परीक्षण कार्य कहिलेदेखि सुचारु हुने हो टुङ्गो छैन ।

प्रदेश र संघीय सरकार मार्फत प्रयोगशालामा आवश्यक सामग्रीको व्यवस्थापनका लागि पहल भइरहेको अस्पतालले प्रशासनले जनाएको छ । झापा, इलाम, पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा संकलन गरिएको नमुना स्वाब परीक्षणका लागि धरान र विराटनगर पठाउनुपर्ने बाध्यता छ ।

यसो त नागरिक स्तरबाट पनि कोरोना परिक्षणको दायरा बढाउनका लागि एकका लागि एक अभियानले कन्काई नगरपालिकाको कोटिहोममा स्थापना गरेको ल्याब पनि सञ्चालनमा आउन सकेको छैन । मेची प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिएको प्रयोगशाला प्राविधिक पक्ष ढिलाईका कारण सञ्चालनमा आउन नसकेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *