लकडाउन अहिलेको जस्तै कायम राख्ने तयारी

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, १५ असार

सार्वजनिक यातायात असारभर नचल्ने

विश्वव्यापी स्वास्थ महामारीको रूपमा फैलिएको कोभिड-१९ नियन्त्रण तथा रोकथामको लागि लागु गरिएको लकडाउनको यही मोडलले आगामी केही हप्ता निरन्तरता पाउने भएको छ ।

लकडाउनको मोडालिटी तयार पार्न गठित मुख्यसचिव लोकदर्शन रेग्मि नेतृत्वको कार्यदलको बैठकले लकडाउनको अहिलेको मोडालिटी नै निरन्तरता दिने निर्णय गरेसँगै लकडाउन अहिलेकै स्वरुपले निरन्तरता पाउने भएको हो ।

‘सरकारले लकडाउन खुकुलो बनाएको छ । यसले जनजीवन पनि केही सामन्य बनेको छ । यसकारण अहिलेको मोडललाई नै निरन्तरता दिनुपर्नेमा सबै एकमत भयौं ।’ रेग्मी नेतृत्वको कार्यदलका एक सदस्यले भने ।

लकडाउनको यो मोडेलले निरन्तरता पाएसँगै सार्वजनिक यातायात पनि कम्तीमा २ हप्ता नखुल्ने लगभग तय छ । असार भरी सार्वजनिक सवारी खुल्ने सम्भावना शुन्य प्रायः छ । ती सदस्यले भने । उक्त कार्यदलमा विभिन्न मन्त्रालयमा मुख्यसचिव, विभिन्न मन्त्रालयका सचिव, सुरक्षा निकायका प्रमुख छन् ।

खासगरी सार्वजनिक यातायात सञ्चालनको बिषयमा हतार नगर्न एवं कोरोना संक्रमितको निरन्तर बढिरहेको संख्यालाई ध्यान दिंदै जुनसुकै बेला क्षेत्रगत लकडाउनमा जानुपर्ने अवस्थालाई ध्यान दिन पनि कार्यदलले सरकारलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *