आज दही चिउरा खाने दिन, राष्ट्रिय धान दिवस मनाउँदै

अर्थ/वाणिज्य कला/साहित्य विशेष समाचार समाचार

न्यूज अपडेट

भक्तपुर, १५ असार

आजको दिनलाई दही चिउरा खाने दिनका रूपमा पनि लिइन्छ । असारे रोपाइँमा खेतमा धान रोपेर वा नरोपी सबैले दही चिउरा खाएर असार १५ मनाउँने गर्छन्। मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै, पानीसँग पौठेजोरी खोज्दै, असारे भाकाको गीत गाउँदै खेतमा बसेर खाजा खाँदै, खाजा खाने समयमा दही चिउरा खाएर रमाइलो गर्ने पुरानो परम्परा छ ।

रोपाइको दिनमा खेतका मालिकहरु पनि खेतमा आई खेतलासँग हिलोमा रमाउने गर्छन् । स्वास्थ्यको दृष्टिकोणले दही र चिउरा शरीरमा ऊर्जा र शीतलता दिनुको साथै पाचन प्रणालीका लागि निकै उत्तम खाद्य पदार्थ हो । २०६२ सालदेखि यो दिनलाई सरकारले धान दिवसका रूपमा मनाउन थालेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *