ङादी ग्रुपको स्थगित सभा असार १० गते हुँदै

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, ३ असार

Image Not Found

ङादी ग्रुप पावर लिमिटेडको छैठौ वार्षिक साधारण सभा असार १० गते हुने भएको छ ।

यस अघि फागुन २७ गते बोलाइएको सभा कोरोना संक्रमणका कारण स्थगित गरिएको थियो । लगानीकर्ताको आग्रह बमोजिम विशेष सावधानी अपनाएर सभा गर्न लागिएको कम्पनीले सूचना मार्फत जानकारी दिएको हो ।
सभा कम्पनीको रजिष्ट्रार कार्यालय, अनामनगर, काठमाडौंमा विहान १० बजे शुरु हुनेछ । गत आर्थिक वर्ष २०७५/ ७६ को मुनाफाबाट उक्त कम्पनीले कर सहित १० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

हाल उक्त कम्पनीको चुक्तापूँजी रू. ५३ करोड ५५ लाख ५४ हजार रहेको छ । कम्पनीले सोहि पूँजीको आधारमा नगद लाभांश दिन लागेको हो ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्नुका साथै चालू आवको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणसमेत गर्नेछ । साधारण सभा र लाभांश प्रयोजनका लागि कम्पनीले फागुन १५ गते बुक क्लोज गरेको छ ।

कोरोना संक्रमण कायम रहेको बेला सभामा उपस्थित हुने सदस्यहरुले मास्क, पञ्जा, सेनिटाइजर लगाएत आवश्यक सुरक्षाको सामग्री प्रयोग गर्न र एक मिटरको सामाजीक दुरी कायम हुने गरि सिटमा बस्न पनि कम्पनीले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *