धितोपत्र बोर्डले शेयर धितोकर्जाको सीमा ७५ % पुर्‍याउन राष्ट्र बैंकलाई दियो सुझाब 

अर्थ/वाणिज्य विशेष समाचार समाचार

न्यूज अपडेट

काठमाडौं, ३ असार

Image Not Found

नेपाल धितोपत्र बोर्ड (सेवोन) ले शेयर धितोमा मार्जिन सीमा ७५ प्रतिशत पुर्‍याउन नेपाल राष्ट्र बैंकलाई सुझाब दिएको छ ।

सेवोनले आगामी मौद्रिक नीतिका लागि सुझाब दिंदै हाल कायम ६५ प्रतिशत रहेको शेयर धितोमा मार्जिन कर्जाको सीमा ७५ प्रतिशत कायम गर्न भनेको हो ।

सेवोनले शेयर धितोकर्जा स्वतः नवीकरण हुने व्यवस्था मिलाउनसमेत राष्ट्र बैंकसँग माग गरेको छ । त्यस्तै विद्युतीय कारोबारमा रहेको रू. १० लाख सम्मको सीमा हटाउनसमेत सेवोनले केन्द्रीय बैंक समक्ष माग गरेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट धितोपत्र दलाल व्यवसायी (ब्रोकर) लाई ऋण प्रवाह गर्दा सर्वसाधारणलाई भन्दा कम ब्याजदर लिने व्यवस्था मिलाउन पनि बोर्डले सुझाब दिएको छ ।

नेपाल राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरुलाई आ –आफ्नो स्तरबाट सुझाब पेश गर्न सम्बन्धित सबैलाई आग्रह गरेको थियो ।

सेवोनले लगानीकर्ताको माग र पूँजीबजारका लागि तत्काल आवश्यक माथि उल्लेखित विषयहरु सम्बोधन हुने गरि मौद्रिक नीति सार्वजनिक गर्न आग्रह गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *