शुक्रबार नेपलभर जिल्लागत रूपमा संक्रमितकाे स्थिति

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २६ भदाै

नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ जना पुगेको छ। गत २४ घण्टामा मात्र १ हजार ४ सय ५४ जनामा कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रदेश १ को झापामा १४, मोरङमा ४७, संखुवासभामा १२ र सुनसरीमा ४४ जनामा कोरोना भेटिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए।

प्रदेश २ को धनुषामा २, पर्सामा ३, बारा र महोत्तरीमा २÷२, रौतहटमा ६, सप्तरीमा ४, सर्लाहीमा ७ र सिरहामा ४२ जनामा कोरोना पाइएको छ।

बागमती प्रदेशको काठमाडौंमा मात्र ६ सय २० जनामा कोरोना भेटिएको छ। काभ्रेमा ११, चितवनमा ७४, धादिङमा १, नुवाकोटमा ३, भक्तपुरमा ३८, मकवानपुरमा ५४, रामेछापमा १, ललितपुरमा ३८, सिन्धुपाल्चोकमा २ र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

गत २४ घण्टामा गरिएको परीक्षणमा गण्डकी प्रदेशको कास्कीमा ११,  गोरखामा ६, तनहुँमा ८, नवलपरासी पूर्वमा ३८, पर्वतमा २, लमजुङमा ६, स्याङजामा ४ जनामा कोरोना भेटिएको छ।

कोरोना पुष्टि हुनेमा प्रदेश ५ को कपिलवस्तुका २८, गुल्मीका २०, दाङका ५, नवलपरासीका ३५, पाल्पाका १२, प्युठानका १३, बर्दियाका १, बाँकेका १८, रुकुम पूर्वका ११, रुपन्देहीका १ सय २ र रोल्पाका ३ जना छन्।

यस्तै, कर्णाली प्रदेशको जुम्लामा १ र सुर्खेतमा २६ जना, सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा ६७ र डोटीमा ६ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

कुल संक्रमितमध्ये १४ हजार ९ सय २५ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा कोरोनाको आशंकामा १० हजार ७ सय १ जनाको पिसिआर परीक्षण भएको छ। देशभर हाल ६ हजार ७८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *