नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३४४८

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

फाइल तस्बिर

नेपालमा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २१३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २०९ जना पुरुष र ४ जना महिलामा संक्रमण देखिएको हो।

आइतबार थपिएका २१३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। जसमा ३ हजार २ सय १२ पुरुष र २ सय ३६ जना महिला छन्।

नेपालमा हालसम्म ४६७ जना उपचारपछि निको भएका छन्। पछिल्लो २४ घण्टामा १०२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *