देशभर ५ सय कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा उपचाररत, कुन प्रदेशमा कति?

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २५ कात्तिक

देशभर लक्षण भएका कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचार गर्नेको संख्या पनि बढ्न थालेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ५  सय जना कोरोना संक्रमित विभिन्न अस्पतालको आइसियु र भेन्टिलेटरमा उपचाररत छन्।

मन्त्रालयको तथ्यांक अनुसार ९६ जना भेन्टिलेटरमा र ४०४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन्।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १८४ जना आइसियु र ५८ जना भेन्टिलेटर, लुम्बिनी प्रदेशमा ६२ जना आइसियु र ६ जना भेन्टिलेटरमा, प्रदेश १ मा  ४५ जना आइसियु र १५ जना भेन्टिलेटरमा र  प्रदेश २ मा १२ आइसियु र २ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सुदुरपश्चिममा १७ आइसियुमा, गण्डकी प्रदेशमा ७६ आइसियु र १५ जना भेन्टिलेटरमा र कर्णाली प्रदेशमा ८ आइसियु उपचाररत रहेका छन्।

यो भन्दा अगाडी सोमबार  ४९४, आइतबार ४८०, शनिबार ४४१ जना  आइसियु र भेन्टिलेटरमा  उपचाररत थिए।

नेपालमा १ लाख ९९ हजार ७ सय ६० जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। जसमध्ये  १ लाख ६० हजार ५ सय ७७ जना निको भएर घर फर्किसकेका छन् भने १ हजार १ सय ४८ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *