शनिबार कोरोना पुष्टि भएकी महिला : कोठा कमलविनायक, घर दोलखा, चाँगुनारायण नगरपालिकाको एक विद्यालयकी शिक्षिका

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

भक्तपुर, २४ जेठ

शनिबार कोरोना भाइरस सङ्क्रमण पुष्टि भएकी महिला भक्तपुर नपा वडा नं ९ की रहेको खुलेको छ । ३१ वर्षीया ती महिला चाँगुनारायण नगरपालिकाको एक सामुदायिक विद्यालयकी शिक्षिका समेत भएको खुलेको छ ।

कमलविनायकको चोफलस्थित एक घरमा कोठा भाडामा बस्दै आएकी ती महिला जेठ २२ गते मध्यपुर अस्पतालमा सुत्केरी भएकी थिइन् । स्रोतका अनुसार सुत्केरी भएसँगै उनी परिवारसँगै कोटेश्वरमा बस्दै आएकी छन् ।

उनको घर दोलखा रहेको पनि खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *