अब सबै प्रयोगशालामा पीसीआर परीक्षण शुल्क २ हजार

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २८ भदाै

सरकारले देशभरका सबै अस्पतालमा पीसीआर परीक्षणको शुल्क घटाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका सबै सरकारी तथा निजी प्रयोगशालाले अधिकतम २ हजार रुपैयाँ मात्र शुल्क लिन पाउने निर्णय गरेको हो।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले अन्तराष्ट्रिय र राष्ट्रिय बजारमा पिसिआर परीक्षणका किट तथा अन्य सामग्रीको मुल्य सस्तो भएसँगै नेपालमा पनि सहज र सस्तो मुल्यमा पाउन थालेपछि परीक्षण शुल्क घटाइएको जानकारी दिए।

देभभर ११ निजीसहित ४७ वटा प्रयोगशालामा कोरोना परीक्षणका लागि पीसीआर परीक्षण हुन्छ। जसमध्ये उपत्यका २ र सात प्रदेशमा एक एक प्रयोगशाला र ११ निजी प्रयोगशालामा सःशुल्क कोरोना परीक्षण हुन्छ।

स्वास्थ्य मन्त्रालयले जारी गरेको निर्देशिकाभित्र नपर्ने, जसलाई आफ्नो व्यक्तिगत कामको लागि पीसीआर गराउनुपर्ने छ, उनीहरुले शुल्क तिरेर परीक्षण गराउन सक्छन्।

कन्ट्याक्ट ट्रेसिङमा परेका, फ्रन्टलाइनमा काम गर्नेहरु, स्वास्थ्यकर्मी लगायतको भने निःशुल्क परीक्षण हुने गर्छ।

सरकारले पहिलो पटक ५ हजार ५ सय शुल्क तोकेको थियो। पछि सो शुल्क परिमार्जन गर्दै बढीमा ४ हजार ४ सयसम्ममा शुल्क लिन सकिने निर्णय गरेको थियो। भदौ १४ गतेदेखि नयाँ शुल्क लागू गरिएको थियाे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *