बिरामीलाई आफ्नै गाडीमा अस्पताल पुर्‍याउने बुढानिलकण्ठका ३७ वर्षे पुरुषलाई पनि कोरोना संक्रमण

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडौं, १२ जेठ

काठमाडौंमा सोमबार भेटिभएका तीन जना कोरोना संक्रमितमध्ये एक जना बुढानिलकण्ठमा समाज सेवामा खटिने व्यक्ति रहेका छन्।

लकडाउनको समयमा राहत वितरण गर्ने र आफ्नै निजी गाडीमा बिरामीलाई अस्पताल लैजान समेत सक्रिय रुपमा खटिएका व्यक्तिलाई कोरोना संक्रमण देखिएको हो।

स्वास्थ्य मन्त्रालयका एक कर्मचारीका अनुसार संक्रमण देखिएका उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगिएको छ।

‘उहाँ निकै सक्रिय रुपमा समाज सेवामा खटिनु भएको थियो,’ ती कर्मचारीले भने ‘आफैं गाडि चलाएर बिरामीलाई अस्पतालमा समेत लैजानुहुन्थ्यो तर उहाँलाई नै संक्रमण भयो।’

उनका अनुसार ३७ वर्षे ती संक्रमितको अवस्था सामान्य रहेको छ। मन्त्रालयको टोलीले उनको नजिकमा रहेका र सम्पर्कमा आएकाहरुको पनि पीसीआर परीक्षणको तयारी गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *