कपिलवस्तुलाई जेठ ५ सम्म सिल गर्ने निर्णय

न्यूज  अपडेट कपिलवस्तु, २९ बैशाख कोरोना भाइरस (कोभिड–१९) को संक्रमित बढ्दै गएपछि कपिलवस्तु जिल्लालाई जेठ ५ सम्म सिल गर्ने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति वैठकले सोमबार साँझ ५ बजेदेखि जिल्लालाई सिल गर्ने निर्णय गरेको हो । पछिल्लो समय भारतबाट लुकिछिपी आउने क्रम बढेको छ भने सीमा नाकामा २ हजार १ सयभन्दा बढी नेपाली […]

Continue Reading

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, एकै दिन थपिए २४ संक्रमित

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख नेपालमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कपिलवस्तुमा ६, रुपन्देहीमा ६ र बर्दियामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए । तथ्यांकमा काेराेना – […]

Continue Reading

चीनले उत्पादन गरेको कोरोना भाईरसको खोप पहिलोपटक जनावरमा सफल, मानिसमा परीक्षण गरिँदै

न्यूज अपडेट एजेन्सी, २९ बैशाख चीनमा उत्पादन गरिएको कोरोना भाईरस विरुद्धको खोप परिक्षण सफल भएको छ । बाँदरमा परिक्षण गरिएको पीकोभ्याक नामक उक्त खोप सफल भएको हो । बेईजिङस्थित सीनोभ्याक बायोटेकका अनुसार बाँदरमा परिक्षण गरिएको उक्त खोपले बाँदरको शरिरमा रोगप्रतिरोधी क्षमता वृद्धि गरेर एन्टीबोडी निर्माण गरेको थियो । साथै उक्त एन्टीबडीले बाँदरको शरिरमा भएका केही […]

Continue Reading

लाइसेन्स छपाइ दैनिक तीन सिफ्टमा चल्दै, प्रतीक्षा सूचीका सबैलाई दिने यातायातको तयारी

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख ट्रायल पास गरेर लाइसेन्सको प्रतीक्षामा बसेकाहरूले  लकडाउन खुलेलगत्तै पाउने भएका छन् । स्थिति सामान्य हुनेबित्तिकै दैनिक एक लाख जनाभन्दा बढीले लाइसेन्स पाउनेगरि काम भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ । कार्ड छाप्न नसकेर सर्वसाधारणलाई रसिद बोकेर हिड्न बाध्य पारेको विभागले बल्ल आएर छपाइ कार्यलाई तीव्रता दिएको हो । लकडाउनको करीब […]

Continue Reading

‘लकडाउन’ ४९ औ दिन : काठमाडौंमा चहलपहल बढ्यो, लकडाउन उल्लंघन बढेसँगै संक्रमणको जोखिम

न्यूज अपडेट काठमाडौं, २९ बैशाख विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस(कोभिड–१९)को संक्रमण फैलन नदिन नेपाल सरकारले लागू गरेको लकडाउनको आज ४९ औं दिन हो । शुक्रबारदेखि सरकारले जारी गरेको छैटौं चरणको लकडाउन शुरु भएको छ । सरकारले नेपालमा कोरोना संक्रमण नियन्त्रणका लागि भन्दै पहिलोपटक चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ बिहान ६ बजेसम्म लकडाउन […]

Continue Reading

थप एकजनामा काेराेना संक्रमणकाे पुष्टि, संक्रमितकाे संख्या १२१ पुग्याे

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख सप्तरी डाक्नेश्वरी नगरपालिलका ३ का १८ वर्षीय पुरूषमा  कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२१ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे प्रयोगशालामा गरिएकाे परीक्षणमा ती पुरूषमा कोरोना भाइरसको संक्रमण देखिएको हाे। उनको स्वास्थ्य सामान्य रहेको छ। उनी स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहेकाे बताइएकाे छ। […]

Continue Reading

कपिलवस्तुमा १० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२० पुग्यो

 न्यूज अपडेट काठमाडाैं, २९ बैशाख कपिलवस्तुमा १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। योसँगै नेपालमा संक्रमितको संख्या १२० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यशोधरा गाउँपालिका ५ र वुद्धभुमि नगरपालिकाको ७ र १० वडाका १० जना पुरुषहरुमा कोरोना संक्रमण देखिएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षणका क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिएको मन्त्रालयले जनाएको […]

Continue Reading

नेपाली भूमि अतिक्रमणमा भारतलाई चीनको समर्थन ?

न्यूज अपडेट काठमाडाैं, २९ बैशाख विज्ञ भन्छन्- चीन पनि बोल्नुपर्छ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ प्रधानमन्त्री ली खस्याङले १ जेठ २०७२ मा लिपुलेकलाई व्यापारिक तथा दुई देशको तीर्थयात्री आवत जावत गर्ने केन्द्र बनाउन १ जेठ २०७२ मा सहमति गरे । बेइजिङमा उनीहरूले ४१ बुँदे संयुक्त वक्तव्य जारी गर्दा नेपालमा ७.८ म्याग्निच्युडको विनासकारी भूकम्प गएको […]

Continue Reading