सेनाले काठमाडौं ल्यायो पहिलो चरणको स्वास्थ्य सामग्री

न्यूज अपडेट काठमाडौं, ३ जेठ नेपाली सेनाले चीनबाट १ हजार एक सय ८० क्युविक मिटर सामग्री काठमाडौं ल्याइपुर्‍याएको छ । चीनको ग्वान्झाओबाट २ वैशाखमा काठमाडौंका लागि हिँडेको कन्टेनर शनिबार काठमाडौं आइपुगेको हो । नेपाली सेनाको जंगीअड्डाले सेनाको सामग्री शुक्रबार आइपुग्ने बताएकाे थियो । तर, तातोपानी नाकामा १० वटा ट्यांकरको भन्सारसम्बन्धी कामका कारण शुक्रबार आइपुग्न सकेन […]

Continue Reading

भारतमा ट्रक दुर्घटना, घर फर्कन लागेका २४ मजदुरको मृत्यु

न्यूज अपडेट काठमाडौं, ३ जेठ भारतको उत्तर प्रदेशस्थित औरैयामा ट्रक दुर्घटना हुँदा घर फर्कन लागेका कम्तीमा २४ जना मजदुरको मृत्यु भएको छ । शनिबार बिहान साढे दुई बजे भएको दुर्घटनामा ३८ जना घाइते भएका छन् । लखनउबाट दुई सय किलोमिटर टाढा यो दुर्घटना भएको हो । प्रहरीका अनुसार राजस्थानबाट झारखण्ड, बिहार र पश्चिम बंगालतर्फ जान […]

Continue Reading

थपिए दुई जना कोरोना संक्रमित

न्यूज अपडेट काठमाडाैं, ३ जेठ धनुषामा शनिबार दुई जना कोरोना संक्रमित थपिएका छन् । धनुषाका २० र ६५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या २ सय ८१ पुगेको छ भने एककाे मृत्यु भएकाे छ ।

Continue Reading

कोभिड-१९ बाट नेपालमा पहिलो महिलाकाे मृत्यु

न्यूज अपडेट काठमाडौं, ३ जेठ नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट एक जना महिलाको मृत्यु भएको छ । सिन्धुपाल्चोक बाह्रबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो । उनको ९ दिनअघि त्रिवि शिक्षण अस्पतालमा नर्मल डेलिभरी भएको थियो । त्यसपछि घर गएकी उनलाई ज्वरो र खोकी लाग्नुका साथै स्वासप्रश्वासमा […]

Continue Reading

धुलिखेल अस्पतालमा मृत्यु भएकी महिलाको दाहसंस्कार गर्ने तयारी

न्यूज अपडेट काठमाडाैं, ३ जेठ कोरोनाले मृत्यु भए पोष्टमार्टम गर्नुपर्दैनः कार्यविधि धुलिखेल अस्पतालमा बिहीबार मृत्यु भएकी महिलाको सुरक्षा निकायले दाह संस्कार गर्ने भएको छ । कोभिड–१९ भाइरसका कारण मृत्यु भएको व्यक्तिको शव सुरक्षा निकायको समन्वयमा दाहसंस्कार गर्ने व्यवस्था छ । धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । तर, सरकारले आधिकारिक […]

Continue Reading

महोत्तरी र काभ्रेमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७८ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ३ जेठ नेपालमा थप २ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी र काभ्रेमा १/१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो। मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार महोत्तरीका ५२ वर्षका पुरुष र काभ्रेका २६ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो। यो सहित नेपालमा संक्रमितको संख्या २७८ पुगेको छ। […]

Continue Reading