भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी सडक बनाएकोमा नेमकिपाको भर्त्सना

न्यूज अपडेट भक्तपुर, २७ बैशाख भारतले नेपालको भूमि लिपुलेक अतिक्रमण गरी लिपुलेक भन्ज्याङ सडक निर्माण गरेकोम नेपाल मजदुर किसान पार्टीले भर्त्सना गर्दै विज्ञप्ति जारी गरेको छ । पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा शनिवार बसेको सचिवालयको बैठकले उक्त वक्तब्य जारी गरेको हो । वक्तब्यमा भनिएको छ, ‘भारतीय रक्षामन्त्री राजनथ सिंहले बैशाख २६ गते भारतको उत्तराखडको पिथैरागढ […]

Continue Reading

नेपालको कानुन पालना गर्दै धैर्यपूर्वक बस्न चिनियाँ दूतावासद्वारा आफ्ना नागरिकलाई आग्रह

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख नेपाल प्रहरीमाथि चिनियाँ नागरिकले गरेको हातपातको घटना पूर्णरुपमा सुल्झाइएको काठमाडौंस्थित चिनियाँ दूतावासले दाबी गरेको छ । दूतावासले चिनियाँ नागरिकहरुलाई अनावश्यक बाहिर ननिस्किन र अन्तर्राष्ट्रिय उडानमाथि लगाइएको प्रतिबन्ध खुला नहुँदासम्म धैर्यतापूवर्क बस्न आग्रहसमेत गरेको छ । आफूहरुलाई स्वदेश फर्काउन माग गर्दै शुक्रबार सिंहदरबारको मुख्य गेट अगाडि प्रदर्शनमा उत्रिएका केही चिनियाँ नागरिकहरुले […]

Continue Reading

सरकारी कार्यालय पूर्ववत सञ्चालन गर्ने सरकारको तयारी, आइतबारदेखि हाजिर हुन कर्मचारीलाई निर्देशन

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख सरकारले अधिकांश क्षेत्रका सेवा सञ्चालनको निर्णय गरेसँगै आइतबारदेखि काठमाडौं उपत्यकाका सरकारी कार्यालयहरु पूर्ववत रुपमा सञ्चालन हुने भएका छन् । लकडाउन जारी रहेको र कतिपय कर्मचारीहरु घर फर्किएकाले सरकारी कार्यालयका सेवा सामान्य हुन भने अझै केही समय लाग्ने छ । कोरोना संक्रमण रोकथामका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा […]

Continue Reading

कोरोना महामारीमा ग्राहकलाई ईन्टरनेट सेवाप्रदायकको थ्रेट, किन मौन बस्दैछ प्राधिकरण

न्यूज अपडेट काठमाडौं, २७ बैशाख देश कोरोना भाईरस महामारीले निम्त्याएको लकडाउनको चपेटामा छ । लाखौ मानिसहरु कामविहीन भएर घरभित्रै थुनिनुपरेको छ । जनताको आम्दानी हुने स्रोतहरु सबै बन्दजस्तै भएका छन भने नगद प्रबाहमा समस्या आएको छ । कतिपयलाई त हातमुख जोर्नै मुस्किलजस्तै भएको छ । तर यस्तो अप्ठ्यारो परिस्थितिमा पनि नेपालका ईन्टरनेट सेवाप्रदायकहरुले भने शुल्क […]

Continue Reading

आइतबारदेखि उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू

न्यूज  अपडेट काठमाडाैं, २७ बैशाख भोलि आइतबारदेखि काठमाडौं उपत्यकामा सवारी चलाउन ‘टाइम कार्ड’ लागू हुने भएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरीलगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलले सवारी सञ्चालनमा कडाइ गर्ने निर्णय गरेको हो । अब तोकेको समयमा मात्र चलाउन पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए । उनका […]

Continue Reading

कोरोना परीक्षणका लागि ५० हजार पिसिआर किट मौज्दात छ : स्वास्थ्य मन्त्रालय

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख उदयपुर, रौतहट, पर्सा र बारामा ५ हजार ३ सय २० नमूना संकलनका लागि टोली खटाइयो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ५० हजार पिसिआरको किट मौज्दात रहेको जनाएको छ। मन्त्रालयले नियमित कोरोना ब्रिफिङका क्रममा कोरोना परीक्षणका लागि ५० हजार पिसिआरको किट मौज्दात रहेको जनाएको हो। कोरोना परीक्षणको दायरा बढाउँदै लैजाने मन्त्रालयका प्रवक्ता […]

Continue Reading

भारतले लिपुलेकमा सडक बनाएकोमा नेपाल सरकारको आपत्ति

परराष्ट्र मन्त्री ज्ञवाली भन्छन्- यसले हामीलाई दुःखित तुल्याएको छ न्यूज अपडेट काठमाडाैं, २७ बैशाख फाइल फाेटाे भारतले नेपाली भूभाग लिपुलेक हुँदै मानसरोबर जाने सडक बनाएकोमा नेपाल सरकारले आपत्ति जनाएको छ । भारतको यस्तो कदमले नेपाललाई दुःखित तुल्याएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् । तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि उत्तराखण्डस्थित धार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको […]

Continue Reading

भारतीय दूताबास नपुग्दै पक्राउ परे विद्यार्थी नेताहरु

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख नेपाली भूमि अतिक्रमण गर्दै मानसरोवर जाने बाटो बनाएको विरोधमा भारतीय दूताबास अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ परेको छ । सत्तारुढ नेपाल कम्युुनिस्ट पार्टी (नेकपा) सम्वद्ध अनेरास्ववियुले प्रदर्शन गर्न खोजेको थियो । तर उत्तर ढोकामा जम्मा हुनासाथ उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले २० जनालाई नियन्त्रणमा लिएको विद्यार्थी नेता […]

Continue Reading

‘नेपाली भूमि मिचिँदा जनता टुलुटुलु हेरेर बस्न बाध्य’

न्यूज अपडेट काठमाडाैं, २७ बैशाख सीमा बचाऔं अभियानले नेपाली भूमिको रक्षा गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । प्रभावकारी कूटनीतिक पहल नहुँदा नेपाली भूमिमा विदेशीले परेड खेल्दा समेत टुलुटुलु हेरेर बस्नु परेको अभियानको निश्कर्ष छ । ‘नेपालको छातीमा भारतीय गाडीहरू गुड्न सुरु भएको छ र सरकारको नालायकीपनका कारण नेपाली जनता आफ्नो भूमिमा विदेशीले परेड खेलेको […]

Continue Reading

संक्रमितहरु पुन : देखिएपछि क्लव र बार बन्द गर्दै दक्षिण कोरिया

न्यूज अपडेट एजेन्सी, २७ बैशाख दक्षिण कोरियाका क्लव र बारहरू फेरि बन्द गर्ने घोषणा गरिएको छ । दक्षिण कोरियाको सरकारले आगामी एक महीनासम्मका लागि क्लव र बारहरु बन्द गर्ने घोषणा शुक्रवार गरेको हो । कोरोना भाइरसको संक्रमण फैलिएर पनि नियन्त्रण गर्न सफल भएको दक्षिण कोरियामा पुन : संक्रमितहरु देखिन थालेपछि सतर्कता बढाउन थालिएको जानकारी दिइएको छ । […]

Continue Reading