कोरोना संक्रमितको शव लैजाँदा शवदाह गृहका कर्मचारी भागे

न्यूज अपडेट काठमाडौं, १५ जेठ काठमाडौंको पशुपतिनाथस्थित शवदाह गृहमा कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिको शव ल्याउँदा कर्मचारी भागेका छन् । बिहीबार साँझसम्म शव जलाइरहेका उनीहरु कोरोनाका कारण मृत्यु  भएका व्यक्तिको शव ल्याउने बेलामा शव दाह गृहमा ताल्चा लगाएर भागेका हुन् । ललितपुरस्थित किस्ट अस्पतालमा बुधबार साँझ मृत्यु भएका बुङ्मतीका एक पुरुषलाई दाह संस्कारका लागि […]

Continue Reading

भारतबाट फर्किँदा अर्घाखाँचीका एक युवककेा सीमामै ज्यान गयो, जाँच गर्दा कोरोना पुष्टि

न्यूज अपडेट अर्घाखाँची, १५ जेठ भारतबाट अर्घाखाँची आउँदै गर्दा बाटोमै मृत्यु भएका एक युवकमा कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको छ । गत जेठ १० गते भारतबाट फर्किने क्रममा मृत्यु भएका भुमिकास्थान नगरपालिका वडा नम्बर–९ चरेपानीका एक युवकको रिपोर्ट पोजेटिभ आएको प्रमुख जिल्ला अधिकारी विजय पौडेलले पुष्टि गरे । प्रजिअ पौडेलका अनुसार उनको कपिलवस्तु ल्याएर […]

Continue Reading

स्वास्थ्य मन्त्रालयलाई ९० अर्ब ६९ करोड बजेट

न्यूज अपडेट काठमाडौं, १५ जेठ सरकारले स्वास्थ्य क्षेत्रका लागि ९० अर्ब ६९ करोड रुपैयाँ बिनियोजन गरेको छ। अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन्। सरकारले तीन सय शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ। आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री युवराज खतिवडाले तीन सय शय्याको सरुवा रोग […]

Continue Reading

नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०४२ पुग्यो

न्यूज अपडेट काठमाडौं, १५ जेठ नेपालमा थप १५६ जनामा कोरोना भाइरकसो संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या १०४२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार देशका विभिन्न जिल्लामा गरी थप १५६ जनामा संक्रमण देखिएको हो। कुल संक्रिमतमध्ये हालसम्म १८७ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमितमध्ये ५ जनाको मृत्यु […]

Continue Reading

साना व्यवसायीको आयकरमा ७५ प्रतिशतसम्म छुट, पर्यटन व्यवसायीलाई २० प्रतिशत

न्यूज अपडेट काठमाडौं, १५ जेठ सरकारले साना तथा लघु उद्योगको आयकरमा ७५ प्रतशितसम्म छुट दिने घोषणा गरको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमार्फत कोरोना प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्नका लागि साना व्यवसायीहरुलाई उकास्नका लागि कारोबारको आधारमा २५ देखि ७५ प्रतिशतसम्म छुट दिने घोषणा गरेका हुन् । बजेटमार्फत लघु घरेलु र साना उद्योगीलाई लाग्ने आयकरमा वार्षिक […]

Continue Reading

भक्तपुर ९ का जनप्रतिनिधि अस्पतालबाट डिस्चार्ज

न्यूज अपडेट भक्तपुर, १५ जेठ भक्तपुर नगरपालिकाकाे च्याम्हासिंह जनस्वास्थ्यमा गत जेठ १० गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दा पाेजिटिभ आएकी वर्ष ४२ की महिला जनप्रतिनिधिकाे आज डिस्चार्ज भएकाे छ । पीसीआर पाेजिटिभ आएपछि उपचारका लागि पाटन अस्पताल भर्ना भएकी उनकाे पहिलाे र दास्राे दुवै पटक पीसीआर परीक्षणकाे रिपाेर्ट नेगेटिभ आएपछि बिहीवार साँझ डिस्चार्ज गरिएकाे […]

Continue Reading

पुनर्निर्माणको बजेट ६६ अर्बले घट्यो

न्यूज अपडेट काठमाडाैं, १५ जेठ सरकारले पुनर्निर्माणतर्फको बजेटमा भारी कटौती गरेको छ । सरकारले चालु आर्थिक वर्षमा पुनर्निर्माणतर्फ १२१ अर्ब रुपैयाँ छुट्याएको थियो । तर आगामी वर्षका लागि भने ५५ अर्ब रुपैयाँ मात्रै विनियोजन गरिएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ६६ अर्बले कम हो । अर्थमन्त्री युवराज खतिवडाका अनुसार, आगामी आवमा विद्यालय पुनर्निर्माणको […]

Continue Reading

बजेटको आकार घट्यो, आगामी वर्ष १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट

न्यूज अपडेट काठमाडौं, १५ जेठ सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डा. युवराज खतिवडाले १४ खर्ब ७४ अर्बको ६४ करोड रुपैयाँको बजेट पेश गरेका हुन् । चालु आर्थिक वर्ष २०७६/७७ का लागि भने सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट ल्याएको थियो । […]

Continue Reading

सूर्यमढी नासः द्यःकाे पुनर्निर्माण सम्पन्न

न्यूज अपडेट भक्तपुर, १५ जेठ भक्तपुर सूर्यमढीस्थित नासः द्यः काे पुनर्निर्माण कार्य लकडाउन समयमै सकाएकाे छ । बिहीबार उक्त मन्दिरकाे छाना छाउने कार्य उत्साहजनक जनश्रमदानका साथ पूरा भएकाे छ । भक्तपुर नगरपालिकाकाे जम्मा लागत इष्टमेट रू.४ लाख ६० हजार रहेकाे उक्त मन्दिर विगत २०७२ सालकाे भूकम्पले क्षति पुगेकाे थियाे । पराम्परागत झिंगटी इँटा,  बुट्टेदार काठ […]

Continue Reading

थप ७६ जनामा कोरोना संक्रमण पुष्टि

न्यूज अपडेट वीरगञ्ज, १५ जेठ प्रदेश २ मा थप ७६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा ७४  र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएकेा हेा । सबैभन्दा धेरै धनुषाका २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, […]

Continue Reading