थप ८ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

काठमाडाैं, २ असाेज

पछिल्लो २४ घण्टामा थप ८ सय ७१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।

देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा ४३ हजार ८ सय २० जना संक्रमित  उपचारपछि निको भएका छन्।

आज मन्त्रालयका अनुसार ११ हजार  ४ सय ५८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै ८ लाख ९४ सय हजार ३ सय ७३ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार ७ हजार ७ सय ३६ जना क्वारेन्टाइनमा छन्। संक्रिय संक्रमितको संख्या १७ हजार  ३ सय ८३ रहेको छ।

कुन प्रदेशमा कति डिस्चार्ज 
प्रदेश १ –३८४७
प्रदेश २– ११९००
बाग्मती प्रदेशमा –९७७१
गण्डकी प्रदेशमा –२५३४
प्रदेश ५मा –६९६०
कर्णाली प्रदेशमा –२६८७
सुदूरपश्चिम प्रदेशमा ६१५१

Leave a Reply

Your email address will not be published. Required fields are marked *