त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण शुरु

विशेष समाचार समाचार स्वास्थ्य

न्यूज अपडेट

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पीसीआर परीक्षण शुरु भएको छ। एक पटकमा ९६ जनाको कोरोना परीक्षण गर्न सकिने क्षमता सहितको पीसीआर परीक्षण शुरु भएको हो।

त्रिविका उपकुलपति डा धर्मकान्त बाँस्कोटाले सोमबार पीसीआर सेवाको उद्घाटन गरेका छन्।

अस्पतालका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले पहिलो चरणमा अस्पतालमा संकलन भएका करीब ३० जनाको नमूना परीक्षण गर्न लागिएको जानकारी दिए। आवश्यकता अनुसार परीक्षणको क्षमता बढाउँदै लैजाने उनले बताए।

जेठ १ गते शिक्षण अस्पतालमा उपचारका लागि आएकी कपिलवस्तुकी ७ वर्षीया बालिकालाई कोरोना संक्रमण देखिएको थियो।

कोरोना उपचारका लागि बनाइएको शिक्षण अस्पतालको आइसोलेसनमा हाल २ जना कोरोना संक्रमित उपचाररत र १२ जना व्यक्ति आइसोलेसनमा छन्।

त्रिवि शिक्षण अस्पतालमा परीक्षण शुरु भएसँगै नेपालमा पीसीआर परीक्षण हुने स्थानको संख्या १९ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *