उत्साहित जनश्रमदानसँगै च्याम्हासिंह प्रवेशद्वारको छाना छाउने काम सम्पन्न

न्यूज अपडेट भक्तपुर, ६ जेठ भक्तपुर नगरपालिकाको पूर्वी नाका वडा नं. ९ मा पुनर्निर्माण गरिएको च्याम्हासिंह प्रवेशद्वारको छाना छाउने कार्य मंगलबार सम्पन्न भएको छ । विसं. २०७२ को महाभूकम्पबाट भत्केको उक्त प्रवेशद्वार पुनर्निर्माण गर्न २०७३ सालमा च्याम्हासिंह प्रवेशद्वार पुनर्निर्माण उपभोक्ता समितिको गठन भएको थियो । तर महाभूकम्पबाट भत्केका भित्री घरहरुको पुनर्निर्माण नसकी सो प्रवेशद्वारको निर्माण […]

Continue Reading

नेपालमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४०२ पुग्यो

न्यूज अपडेट काठमाडाैं, ६ जेठ नेपालमा थप २७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङका क्रममा विभिन्न जिल्लामा गरी २७ कोरोना संक्रमित थपिएको जानकारी दिइएको हो। यो सहित नेपालमा संक्रमितको संख्या ४०२ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार संक्रमण देखिएकाहरु स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन्। […]

Continue Reading

बंगालको खाडीमा शक्तिशाली चक्रवात, पूर्वी नेपालमा हुरी, बतास र वर्षा हुने

न्यूज अपडेट काठमाडौं, ६ जेठ बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले मंगलबारदेखि नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ । ‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ । मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘यसले असर गर्ने पूर्वी नेपालमा मात्रै हो । मध्य नेपालको छेउँमा अलिकति छुन्छ होला, तर पश्चिममा […]

Continue Reading

भारतले दशगजामा संरचना बनाउन खोजेपछि नेपालीले गरे अवरोध

न्यूज अपडेट काठमाडौं, ६ जेठ पर्साको ठोरी गाउँपालिका-४ बिजय बस्तीमा दशगजा क्षेत्र भारतीय पक्षले एकतर्फी रुपमा भौतिक संरचना बनाउन खोजे पछि नेपालीले अवरोध गरेका छन् । दशगजा क्षेत्रभित्र भौतिक संरचना बनाउनका लागि भारतीय पक्षले गिट्टी, वालुवा ल्याएर संरचना बनाउन थालेपछिस्थानीयले रोक लगाएको नागरिक समाजका अगुवा सन्तोष श्रेष्ठले जानकारी दिए । श्रेष्ठले भने, ‘दसगजा क्षेत्रभित्र कुनै पनि […]

Continue Reading

नीति तथा कार्यक्रममाथि आज प्रधानमन्त्रीले जवाफ दिने

न्यूज अपडेट काठमाडौं, ६ जेठ प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नका जवाफ आज संसदमा दिने भएका छन् । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । आर्थिक वर्ष २०७७/७८ को नीति […]

Continue Reading

बाँकेमा कोरोना पुष्टि भएकालाई कहाँ राख्ने भन्ने अलमल, संक्रमण देखिएका र नदेखिएका एउटै क्वारेन्टाइनमा

न्यूज अपडेट काठमाडौं, ६ जेठ बाँकेको नरैनापुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ५९ संक्रमितहरुलाई अझै आइसोलेसनमा राखिएको छैन। बाँकेको विकट मानिने सो गाउँपालिका नेपालगञ्जदेखि ३५ किलोमिटरको दूरीमा छ। सोमबार दिउसो संक्रमण पुष्टि भएका ४६ पुरुष र एक महिला तथा राती पुष्टि भएका १२ पुरुषलाई अझै कहाँको आइसोलेसनमा राख्ने भन्नेबारे निर्णय हुन नसकेको बताइएको छ। स्रोतका अनुसार सोमबार साँझ बाँके सुरक्षा […]

Continue Reading

दैलेख, खोटाङ र गुल्मीमा पनि देखियो कोरोना संक्रमण

न्यूज अपडेट काठमाडौं, ६ जेठ केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्दै गइरहेको छ। सोमबार मात्र थप तीन नयाँ जिल्लामा कोरोना संक्रमित फेला परेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार गुल्मी, दैलेख र खोटाङमा पहिलो पटक कोरोना संक्रमित भेटिएका हुन्। गुल्मी, दैलेख र खोटाङका एकएक जना पुरुषमा कोरोना संक्रमण देखिएको हो। दैलेखमा समेत कोरोनाका संक्रमित […]

Continue Reading

थप १८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३७५ पुग्यो

न्यूज अपडेट काठमाडौं, ६ जेठ नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती  १०:१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो। आजै सोमबार विहान ९ र दिउसो ५३ गरी […]

Continue Reading